निरन्तरको वर्षाका कारण पोखरालगायत देशभरको जनजीवन प्रभावित भएको छ। नगर क्षेत्रका कतिपय बस्तीहरू पहिरो र डुबानको जोखिममा परेका छन्। खोलानालाको डिल भीर, पाखा–पखेरा, वन जंगललगायत उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गरिरहेका वस्तीहरूमा कुनैपनि बेला विपद्ले भयावह अवस्था सृजना गर्न सक्ने अवस्था प्रति महानगरपालिका सचेत छ। प्राकृतिक विपद्ले निम्त्याएका अत्यास लाग्दा घट्नाहरुप्रति महानगरपालिकाको गंभीर ध्यानाकर्षण भएको...