समाचार

ढकिया बनाउँदै संगम सहकारीका दिदिबहिनीहरु
पोखरा–१५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ। ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई समेत आत्मसाथ राखी संस्थाका सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी ६ दिने हस्तकला तालिम संचालन गरेको हो। शिक्षा उपसमितिको पहलमा संस्थाकै हलमा भएको उक्त तालिमको समापन कार्यक्रममा...
पत्रकार ‘सल्यानी’लाई युआरएल पत्रकारिता पुरस्कार
यस वर्षको युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारराशी नगद २० हजार र ताम्रपत्र छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट...
११ औं पोखरा महोत्सव–२०७९ का लागि विभिन्न ३७ उपसमितिहरु गठन
११ औं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक समेत तोकेको छ। युनाइटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भव्यढंगले सम्पन्न गर्न युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरी संयोजक तोकेको...
स्याङ्जा–२ बाट नेपाली काँग्रेसका धनराज गुरुङ विजयी
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी बनेका छन्। शनिबार राति अबेर सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्मा अर्याललाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली धनराजले ५ हजार, ६२७  मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। अन्तिम नतिजा अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा...
स्याङ्जा–२ को प्रदेशसभा (२) मा काँग्रेसका महेश भट्टराई विजयी
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेस उम्मेदवार महेश भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठलाई १ हजार ७८६ मतान्तरले हराउँदै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टराई विजयी भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार भट्टराईले १८ हजार ७८८ मत प्राप्त गरे। त्यस्तै, निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले...
 लेखनाथ महोत्सव पुसको पहिलो सातादेखि
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ। पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो। कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले...
विश्वकप फुटबल: अन्तिम १६ को समिकरण पूरा
कतारमा जारी २२ औं फिफा विश्वकपको अन्तिम १६ को समिकरण पूरा भएको छ। शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो। अब, अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी, क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण...
नेपाल र नामिबियाको खेल वर्षाले रोकियो
आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ। वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले ४ बल खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस...
गोरखामा पृथ्वीनारायण शाहकालीन परेको तयारी
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको औंल्याएका छन्। गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई सम्बोधन गर्दै रानामगरले यस्तो बताएका हुन्। यस्तै, अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिनेगरी परेड आरम्भ गरिने जानकारी पनि उनले दिए। यस्तो परेड साँझअघि हरेक दिन संचालन...
सकियो गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम
गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिम सकिएको छ। तालिममा सहभागी सबैलाई हालैमात्र प्रमाणपत्र वितरण गरिएको छ। होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीलगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरे। होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी...