समाचार

पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान
पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मान गरिएको छ। पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट अग्रज पत्रकारहरु सम्मानित भएका हुन्। पोखरामा आज (बुधवार) आयोजित समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र आदर्श...
‘ढाकछोप र बार्गेनिङ पत्रकारिता’ चल्दैन: अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘ढाकछोप र बार्गेनिङ’को पत्रकारिता नचल्ने बताएका छन्। ‘सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएको छ’, उनले भनेका छन्, ‘पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको छ।’ बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। उनले नयाँ...
पोखरा–१२ को मुख्य चोक र सार्वजनिक स्थलमा डस्टबिन राखिदैँ
पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले सरसफाईमा चासो देखाएको छ। शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका टोल बिकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एबं चोकहरुमा डस्टबिन,बोतलक्रेज राखेको छ। त्यस्तै, कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको...
रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान
राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ। नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेमगरले सम्मान गरेका हुन्। पौडेललाई २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट...
आख्यानकार आरसीको ‘सती’ कथा संग्रहको विमोचन
कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ। कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन्। कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे। समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाई छ। कृतिको...
२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल माघको दोस्रो सातादेखि
सहारा क्लब पोखराको आयोजनामा २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि हुँदैछ। यस संस्करणको आहा ! रारा गोल्डकपको प्रतियोगिताका लागि यतिखेर आयोजक सहारा क्लब पोखराले तयारीलाई तिब्रता दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना गरिने उक्त प्रतियोगितामा नेपालका...
टिकटकले पठायो नेपाल सरकारलाई पत्र
सामाजिक सञ्जाल टिकटकले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर छलफल गर्न आग्रह गरेको छ। टिकटक प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको हो। टिकटकले पत्रमा स्वनियमनका मान्यताअनुसार अघि बढ्ने प्रस्ट पारेको बताइएको छ। मन्त्रालयको अनुसार टिकटकले पत्रमार्फत आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको हो। यसबारेमा सरकारले भने कुनै निर्णय गरेको छैन।...
टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’
सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरु ‘हेर्न नभ्याइने’मा परेका छन्। सर्वोच्चले १४ रिटमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषय छलफल गर्न मंगलबार दुवै पक्षलाई बोलाएको थियो। न्यायाधीशहरु सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको सर्वोच्च प्रशासनले जनाएको छ। न्यायाधीश विनोद शर्माको इजलासले मंसीर...
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा
प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नभई अफवाहपूर्ण सामग्री संप्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री संप्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)...
विश्वकप फुटबलको एसियन छनोटमा यमनसँग नेपालको हार
विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार खेपेको हो । पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोलको आत्मसाथ गर्‍यो । यमनको जितमा कप्तान ओमार अब्दुल्लाह अल धानीले दुबै गोल गरेर टोलीका लागि जित निकाले। खेलको ७१ औं मिनेटमा कप्तान ओमार...