काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुने भ्रष्टाचारका मुद्दामा सबैभन्दा बढी बिचौलियाविरुद्ध हुने गरेका छन् । आव २०८०/८१ को तथ्यांक हेर्दा सेवाग्राही र सरकारी कार्यालयबीच कुराकानी मिलाइ कारोबार गर्दा रकम लिने ‘दलाल’ अख्तियारका प्रतिवादी हुन् ।
यो तथ्यांकले बितौलियाको बिगबिगी बढेको आँकलन गर्न सकिन्छ । भ्रष्टाचारका मुद्दाका प्रतिवादी हेर्दा बिचौलिया र मतियारको संख्या ५९४ छ । यो संख्या एक वर्ष भरी दर्ता गरिएका मुद्दा आरोपितको हो ।
अख्तियाराको ३४ औं वार्षिक प्रतिवदेन अनुसार सबैभन्दा बढी स्थानीय तहसम्बन्धी भ्रष्टाचारका मुद्दा विशेष अदातलमा दर्ता भएका छन् । मुद्द मध्ये ३८ दशमलव नौएक प्रतिशत मुद्दा स्थानीय तहका भएको आजको नागरिक दैनिकमा समाचार छ ।
This will close in 5 seconds