समाचार

विभागीय नेपाल पुलिस आहा ! रारा गोल्ड कपको क्वाटरफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लबले आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। शुक्रबार भएको खेलमा पुलिसले अर्को विभागीय एपीएफलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालमा भएको खेलमा पुलिसलाई जित दिलाउन मानबहादुर परियारले २ गोल गरे। खेलको १९ औं मिनेटमा मानबहादुरले गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० गोलको...
मिडिया विधेयक मिडियामैत्री आउँछ: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट ल्याउन लागेको मिडिया विधेयक मिडियामैत्री आउने उल्लेख गरेका छन्। पोखरामा शुक्रबार कास्कीका पत्रकारहरुलाई सम्मान गर्दै सबै यस्तो बताएका हुन्। ‘गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउँछ’, मुख्यमन्त्री पाण्डेले जोड दिए, ‘प्रदेश सरकारले मिडिया विधेयक यही हिँउदे अधिवेशनमा ल्याउँदैछ।’ उनले पत्रकारिता क्षेत्रलाई जम्मेवार र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए। सामाजिक...
कास्कीका ७ पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन्। शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन्। गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), सोही पुरस्कार २०८०...
टिकटकले भेटाइदियो जुम्ल्याहा दिदीबहिनी एमी र एनीलाई
जर्जियामा एमी र एनी जुम्ल्याहा दिदीबहिनी हुन्। जन्मलगत्तै आमाबाट खोसेर कसैले दुवैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए। गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका थिए। त्यसैमा उनीहरू पनि बेचिएका थिए। जबकि, उनीहरू आफ्नो वास्तविक आमासँग छैनन्। उनीहरूलाई एक आपसमा थाहा समेत थिएन, आफूजस्तै अनुहार भएको अर्काे कोही छ भन्ने। दिदी बहिनीको भेट वर्षौपछि टिभी ट्यालेन्ट...
नेपाल आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटको ’सुपर सिक्स’ मा पुग्यो
नेपाल आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटको ’सुपर सिक्स’ मा पुगेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो। अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर भेटायो। नेपालका कप्तान देव खनालले अर्धशतक बनाए। देव ८९ बलमा ५८ रन बनाएर आउट भए।...
जाउलाखेल आहा ! रारा गोल्ड कपको क्वाटरफाइनलमा
जाउलाखेल युथ क्लव पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइलनमा स्थान बनाएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा विहिबार भएको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोलले हराउँदै अन्तिम क्वाटरफाइनलको यात्रा तय गरेको हो। खेलको ३८ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाको निणार्यक गोलमा जावलाखेलले मच्छिन्द्रलाई हरायो। विपक्षी टिमका एक डिफेण्डरसहित गोलरक्षक विशाल श्रेष्ठ अगाडि...
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी बनेका छन्। महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएकी छन्। अपांगता/अल्पसंख्यकतर्फ काँग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन्। शर्माले ३ हजार ६६० मत पाइन् भने परियारले ३ हजार ७७९ मतभार ल्याए। श्रेष्ठले ३ हजार ८०८ मतभार प्राप्त गरे।
आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले हार्न पुगेको हो। नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले...
विभागीय आर्मी आहा रारा गोल्ड कपको क्वाटरफाइनलमा
विभागीय त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। बुधबार भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै आर्मीले क्वाटरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे। भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। अब, आर्मीले सेमिफाइनल प्रवेशका लागि संकटा...
२३ औं संस्करणको आहा ! रारा गोल्ड कप सुरु
पोखरामा आहा ! रारा पोखरा गोल्ड कप सुरु भएको छ। सहारा क्लवको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु भएको हो। पोखराका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उक्त प्रतियोगितालाई पोखरा महानगरले संरक्षकको भूमिका निर्वाह गरेको छ। प्रतियोगितामा १ विदेशीसहित १२ टिमको सहभागिता छ। प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ। त्यसैगरि,...