समाचार

नेपाल समाजवादी पार्टीको विधान अधिवेशन खर्च ९ लाख ७७ हजार
पोखरा । नेपाल समाजवादी पार्टीको पोखरामा सम्पन्न विधान अधिवेशनले आगामी माघमा काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । हिजो र आज पोखरा भएको विधान अधिवेशनले माघको २५ देखि २७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । ५सय प्रतिनिध सहभागी विधान अधिवेशनले पार्टीको नाम नेपाल समाजपवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय पनि गरेको छ...
कास्कीमा वार्षिक ४० हजार युनिट रगत आवश्यक
पोखरा । नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लबद्धारा संयुक्त रुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ । बढ्दो डेंगी रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आह्वानमा अपरझट रक्तदान कार्यक्रमको...
भिन्तुना र्‍यालीले नेपाल सम्वत ११४५ लाई पोखरामा स्वागत गरिने
पोखरा ।नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली प्रर्दशन गरिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचाः समितिको आयोजनामा न्हुँ दया भिन्तुना र्‍याली निकालिने भएको हो । नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार यसवर्ष कार्तिक १७ गते शनिबार न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा मनाइँदै...
गण्डकी
सडकको वर्गीकरण, ठेक्का प्रणालीमा भएका त्रुटी सच्याउन सुझाव
पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको बैठकमा विधेयक बारे छलफल भएको हो । बैठकले विधेयक प्रभावकारी बनाउने सम्बन्धमा विज्ञ, मातहतका सबै निकायसँग थप छलफल गर्ने निर्णय गरेको समितिका सभापति भोजराज अर्यालले बताए...
सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवन खरिद गरिने
अमेरिका । अमेरिकाकै प्रख्यात सहर सान् फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको भवन खरिद खरिने भएको छ । अमेरिकाकै पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिद अफर स्वीकृत भएपछि भवन किन्ने बाटो खुलेको हो । हजारौं नेपालीको बसोबास रहेको यो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पूरा हुने भएको छ ।...
गण्डकीसहित ३ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । मधेश प्रदेश,बगमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक...
नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव
पोखरा । चाड पर्वको सयममा पोखरामा रगत अभाव भएको छ । चाडपर्वले रक्तदान र संकलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले बताएको छ । दसैंका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेंगीका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई...
काठमाडौं—पोखरा दौड
२ सय किमी तीन दिनमा पार गर्दै धावक अर्जुन गोदार
पोखरा । कास्कीको रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाडौंंबाट पोखरासम्मको दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल उनले काठमाडौंको दशरथ रंगशालाबाट सोमबार दौड सुरु गरेका हुन् । पहिलो दिनमा धादिङको मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेका छन् । करिब...
स्वास्थ्यप्रति वडाबासीलाई सचेत गराउन पोखरा ५ मा ३ योग साधना केन्द्र निर्माण
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा ३ वटा योग साधना केन्द्र निर्माण गरिएको छ । योगका माध्यमबाट वडाका बासिन्दालाई स्वास्थ्यप्रति सचेत गराउनुका साथै स्वस्थ नागरिक अभियान अन्तर्गत योग साधना केन्द्र स्थापना गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । मनकामना मन्दिर परिसरमा निर्माण गरिएको योग साधना केन्द्रको वडाध्यक्ष बरालले उद्घाटन गरे । वडाले मालेपाटन वडा...
त्रिभुवन विश्व विद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र सोध्न‍े
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई उक्त निर्णयबारे सोमबार जानकारी गराउँदै लेखेको पत्र अनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन...