समाचार

पर्वतको कुश्मामा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखिकरण
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले प्रदेशले प्राप्त गरेको...
पर्यटन शुल्कबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण
स्थानीय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ। केहि दिनअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो। गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो। तर, फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले...
पत्रकार महासंघ अध्यक्ष विपुलले दिए राजीनामा
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्। तेस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन्। उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको उनले स्विकारेका छन्। ‘बाह्य सरोकारवाला पक्षहरूले...
पत्रकार महासंघ र अकोराबमा साझा प्यानलको अवधारणा
प्रेस सेन्टर नेपालले आफ्नो नेतृत्वमा पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ। संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र अकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो। संगठनका महासचिव...
मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन्। गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन्। ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती...
गण्डकी प्रदेश सामाजिक मन्त्री थापाको १०० दिन
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन्। २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सय दिनमा आफूले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन्। उनको १०० दिन २०८१ भदौ २० गते पुगेको हो। १०० दिनमा सामाजिक विकासतर्फ र ९६ दिनमा...
‘वृत्तिविकास र अधिकार भन्दै कार्यालय छाडेर नहिँड्नुस्’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै कार्यालय छाडेर नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन्। निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा कर्मचारीले राखेका विभिन्न माग सुनेपछि मुख्य मन्त्री पाण्डेले चेतावानी दिए, ‘कार्यालय समयमा कर्मचारीहरु जम्मा भएर आफ्नो हक अधिकार, सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री र मन्त्री तथा उच्च...
साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसीप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ। काठमाण्डौको दशरथ रंगशालामा आउँदो कात्तिक १ गतेदेखि कार्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनसीपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले कार्तिक २ गते भुटानसँग...
विभागीय पुलिस लामाचौर कप भलिबल पुरुषतर्फको च्याम्पियन
नेपाल पुलिस क्लब, लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ। शनिबार विभागीय डर्बीको रोमाञ्चक फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो। नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसीपको आयोजना गरेको थियो। शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१...
‘मिडियाको दुरूपयोग नगरौ’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्। बिहीबार काउन्सिलमा आयोजित नयाँ अनलाइन र युट्युब माध्यमका संचालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष बस्नेतले गैरजिम्मेवार र आधारहीन सूचना संप्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै...