समाचार

एमालेले राष्ट्रियसभामा रामकुमारी झाँक्रीलाई पठाउने
रुपन्देही । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने भएको छ । लुम्बिनी प्रदेशको महिलातर्फ उनलाई उम्मेदवार बनाउने निश्चित भएको एमालेका एक नेताले  जानकारी दिए ।  झाँक्रीले गुल्मीको क्षेत्र नं २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आएकी थिइन् । तर त्यहाँको क्षेत्रीय कमिटीले अहिलेको अवस्थामा उपाध्यक्ष गोकर्ण विष्टलाई...
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज, गण्डकीमा २ पदमा चुनाव हुने
पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका  लागि  आज देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली...
निर्वाचन आउन ५८ दिन बाँकी
डिजिटल माध्यमबाट फैलिने भ्रम नियन्त्रणका लागि विशेष संयन्त्र आवश्यक
काठमाडौँ । निर्वाचनका बेला सूचना प्रविधिको प्रयोग बढेसँगै आचारसंहिता कार्यान्वयनमा देखिएका चुनौती सम्बोधन गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्री नियन्त्रणका लागि विशेष व्यवस्था आवश्यक रहेको औँल्याएको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा...
नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी आवश्यकता (विज्ञापनसहित)
पोखरा । नेपाल विद्युत प्राधिकरण (NEA) ले स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। प्राधिकरणको प्रधान कार्यालय, काठमाडौँले गत शुक्रबार पुस १८ गते  एक सार्वजनिक सूचना प्रकाशित गर्दै लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाका माध्यमबाट विभिन्न तहका पदहरूमा कर्मचारी नियुक्त गर्न लागेको हो। कुन–कुन पदमा खुल्यो विज्ञापन? प्राधिकरणले अधिकृतस्तरदेखि सहायक स्तरसम्मका...
पोउवा संघद्वारा आन्तरिक राजश्व कार्यालयलाई कम्प्यूटर र ल्यापटप सहयोग
पोखरा । पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय पोखरालाई ५ सेट कम्प्यूटर सेटसहित २ वटा प्रिन्टर र एउटा ल्यापटप सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका  अध्यक्ष गोकर्ण कार्कीले  आइततबार उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम,उपमहासचिव सुदीप प्रधानाङ्ग,कार्यसमितिका सदस्यहरु जीवन श्रेष्ठ,दूधमान गुरुङ‘आशिष’ तथा संघका सहायक निर्देशक सुनिल क्षेत्रीको उपस्थितिमा...
पर्वतको राम्जादेउरालीमा स्वास्थ्य जीवनशैली कार्यक्रम
पर्वत । अस्पताल र औषधीले मात्र मानिस पूर्ण स्वस्थ रहन सक्दैन, त्यसका लागि हाम्रो दैनिक जीवनशैली र खानपान नै मुख्य कडी हो भन्ने सन्देशसहित पर्वतको मोदी गाउँपालिका–७, राम्जादेउरालीमा एक दिने स्वास्थ्य जीवनशैली कार्यक्रम भएको छ । प्रदेश आयुर्वेद चिकित्सालय, फलेवासको आयोजनामा  आइतबार यो कार्यक्रम आयोजना गरिएको हो । अहिलेको समयमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएका...
फागुन २१ को चुनावको लागि मुख्य निर्वाधन अधिकृत तोकिए, माघ २ भित्र कार्यालय स्थापना हुने
काठमाडौं, आगामी फागुन २१ गते तय भएको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले जनशक्ति व्यवस्थापनको काम टुङ्ग्याएको छ । आयोगले ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । आयोगले न्याय परिषद्को सल्लाहमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रूपमा खटाउने निर्णय गरेको छ । यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका ८८...
सिंहदरबार जान इन्कार गरेका केपी ओलीले घरमै बुझाए लिखित बयान
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः जाँचबुझ आयोगलाई आफ्नो बयान दिएका छन् । आयोगले सोधेका प्रश्नहरुको जवाफ ओलीले लिखित रुपमै उपलब्ध गराएका हुन् । आयोग सम्बद्ध स्रोतका अनुसार, ओलीले आफ्नो धारणा राखेको पत्र लिएर आयोगको टोली फर्किसकेको छ । सुरुमा सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएर बयान दिन ओलीले अस्वीकार गरेका थिए...
वैशाखमा महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो । उक्त कार्यतालिकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन २०८३ वैशाख २८-३१ मा काठमाडौंमा हुनेछ । यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन...
नक्कली नोट कारोबारमा संलग्न ६ जना पक्राउ, ९३ थान हजारको नक्कली नोट बरामद
काठमाडौं । नक्कली नोटको कारोबार गरेकाे आरोपमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल ९ महिना १६ गते राति करिब ९:३० बजे चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा एक हजार दरका नक्कली नोट ९३ थान...