समाचार

कोप – २९ मा भागलिन राष्ट्रपति  पौडेल आज अजरबैजान जाने
काठमाडौं। अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन्ला । राष्ट्रपति पौडेलले यही कात्तिक २७...
द‍ेशका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
पोखरा । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको  छ । शाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको...
पर्यटन व्यावसायीद्वारा पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग
पोखरा । सञ्चालनमा आएको २ वर्ष बित्नै लाग्दा पनि अन्तर्राष्ट्रिय उडान नभएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गर अन्तर्राष्ट्रिय उडान संचालन गर्न पर्यटन व्यावसायीले माग गरेका छन् । पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै मुख्य राजमार्गहरुमा जारी स्तरोन्नति कार्यलाई तीव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा...
पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको अध्यक्षमा दोहोरिए तिमिल्सिना
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा एवम छैठौ अधिवेशनबाट अध्यक्षमा पुनः कृष्णप्रसाद तिमिल्सिना दोहोरिएका छन् ।पोखरामा भएको अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, सचिवमा मनोज रसाइली, कोषाध्यक्षमा श्रीजन श्रेष्ठ चयन भए । सदस्यहरुमा शान्ता देवकोटा, हरिप्रसाद न्यौपाने, सूर्य...
पोखराको कलम सहकारीको अध्यक्षमा मनोहरि सापकोटा चयन
पोखरा । पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाको चांैधौ साधारण सभा तथा पाँचौ अधिवेशनले मनोहरि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसमम्त चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेशराज बराल सचिवमा लालप्रसाद पाठक, सहसचिवमा वसुन्धरा कोइराला, कोषाध्यक्षमा प्रकाश बास्तोला चयन भए । सदस्यहरूमा शालिकराम देवकोटा, लोकराज दाहाल, प्रेम राना, चन्द्रदिव्याश्वरी भण्डारी चयन भएका छन् ।...
अन्तर्राष्ट्रिय पर्वतीय दौडको पाँच किमीमा बादल र नारायणी प्रथम
पोखरा । पर्यटकीय राजधानी पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रसकन्ट्री पर्वतीय दौड अन्तर्गतको ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोडनाइज्ड र नारायणी छोरेपाटन माविमा अध्ययनरत छन् । त्यसैगरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो...
महिला विश्वकप क्रिकेट छनोटमा  नेपालले आज युएईविरुद्व खेल्ने
काठमाडौं ।  यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज  युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्दैछ । नेपालको यो  तेस्रो खेल हो । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो ।   बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्दा  ६७ रनको फराकिलो अन्तरले जितेको थियो ।...
 गण्डकी र कोशीका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव  छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं ।  विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु...
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय दौड सुरु, ६४ चिनिया धावकसहित १२ सय भन्दा बढी सहभागी
पोखरा । पर्यटनको राजधानी पोखरामा भर्खर अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड सुरु भएको छ ।  लेकसाइडस्थित वाराहीघाटबाट दौड  सुरु भएको हो । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डे र चिनिया राजदूत च्याङ छेङले दौडलाई शुभारम्भ गरेका हुन् । ६४ चिनिया धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए...