समाचार

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय दौड सुरु, ६४ चिनिया धावकसहित १२ सय भन्दा बढी सहभागी
पोखरा । पर्यटनको राजधानी पोखरामा भर्खर अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड सुरु भएको छ ।  लेकसाइडस्थित वाराहीघाटबाट दौड  सुरु भएको हो । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डे र चिनिया राजदूत च्याङ छेङले दौडलाई शुभारम्भ गरेका हुन् । ६४ चिनिया धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए...
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दै
काठमाण्डौ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज  पूर्वान्ह सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले पर्सि शनिवार यूएईसँग,...
सरकारलाई सघाउन एमाले र कांग्रेसले बनाए समन्वय संयन्त्र
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय  समन्वय संयन्त्र बनाएका छन् । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र...
बागलुङमा बस दुर्घटनामा हुँदा २१ जना घाइते
बागलुङ । बागलुङको निसीखोलामा आज बस दुर्घटना भएको छ । रुकुमबाट काठमाडौं आउदै गरेको बस निसीखोला–६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनमा ४ जना गम्भीर र १७ जना सामान्य घाइते भएको बागलुङ प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना सवार...
अरब मरुभूमिमा पहिलोपल्ट हिमपात
इतिहासमै पहिलो पटक साउदी अरेबियामा भारी वर्षा र हिमपात भएको छ। साउदी अरेबियाको अल–जाफ मरुभूमिमा पहिलोपटक हिमपात भएको हो। त्यहाँ भएको यो अनौठो मौसमी घटनाले सबैलाई आश्चर्यचकित पारेको छ। हिमपातपछि अल–जाफ मरुभूमि चिसो भूमिमा परिणत भएको त्यहाँका समाचारमाध्यमले जनाएका छन्। गत सातादेखि नै साउदी अरेबियाले असामान्य मौसमको सामना गरिरहेको थियो। अघिल्लो बुधबार अल–जाफका केही भागमा...
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
चितवन ।  बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ ।  काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दशैंँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका...
ज्यान मार्ने उद्योगमा दोषी ठहर दीपक मनाङेको सांसद पद के हुन्छ ?
पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पाटन अदालतले गरेको फैसलालाई सदर गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । मनाङेको समूहले...
पोखरा महानगरमा एमालेका जनप्रतिनिधिको धर्ना, धकेलाधकेलमा नगर प्रहरी घाइते
पोखरा । पोखरा महानगरपालिका कार्यालयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले धर्ना दिएका छन् । गत कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले २८ जना महानगरका करार कर्मचारीलाई हटाउने निर्णय गरेपछि जनप्रतिनिधिले त्यसको विरोध गरेका हुन् ।जनप्रतिनिधिको धर्ना कार्यक्रममा कर्मचारीका संघ संगठनले पनि साथ दिएका छन् । जनप्रतिनिधिहरुले कुनै छलफल र सल्लाह नै नगरी गरिएको निर्णय खारेज हुनुपर्ने माग...
रवि र छवि दुबैलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न मंगलबार म्याद थप भएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् । रास्वपा कार्यकर्ताले रविलाई अदालत लाने बेलामा भने पाेखराको वाइचोकमा विराेध प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा...
पोखराका पूर्ववडाध्यक्ष अधिकारीको निधन
पोखरा । पोखराका पूर्ववडाध्यक्ष द्रोणराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा नगर पञ्चायत वडा नम्बर ५ का पूर्वअध्यक्ष अधिकारीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । पोखरा ५ पर्स्याङ निवासी अधिकारीको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा आज बिहान ९ः४१ बजे निधन भएको अधिकारीका छिमेकी लक्ष्मण बरालले बताए । बरालका अनुसार उनी केही समयदेखि...