समाचार

राजनीति
पोखराका करार कर्मचारी हटाउने निर्णयमा एमाले जनप्रतिनिधिको कडा आपत्ति
पोखरा । पोखरा महानगरपालिकाकोे कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेकोप्रति उपमेयर मञ्जुदेवी गुरुङसहित एमाले जनप्रतिनिधिले कडा आपत्ति जनाएका छन् । कात्तिक १५ गते हिजो बसेको कार्यपालिका बैठकले महानगरमा कार्यरत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय गरेकोमा एमाले जनप्रतिनिधिले संयुक्त विज्ञप्ति निकालेर कडा आपत्ति जनाएका हुन् । तिहारको बिदामा हतार/हतारमा एजेन्डाको विषयमा...
पोखराका करार कर्मचारीको म्याद कात्तिक ३० सम्म थप
पोखरा । एमाले जनप्रतिनिधिले बहिष्कार गरेको आजको पोखरा महानगर कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप गरेको छ । एमाले जनप्रतिनिधि नहुँदा पनि बहुमत पुग्ने भएकाले बैठकले करार कर्मचारीको म्याद थप गरेको हो । मेयर धनराज आचार्यले करार कर्मचारीको म्याद कात्तिक ३० गतेसम्म थप्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनले करार कर्मचारीको बारेमा छिट्टै निकास...
तिहार शुभकामना
सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ हुने प्रदेश प्रमुख भट्टको विश्वास
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट...
पोखरामा मौलिक तिहार उत्सव, मगर संघ च्याम्पियन
पोखरा । पोखरा टेलिभिजनले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सवमा नेपाल मगर संघ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्राह्मण, क्षेत्री, गन्धर्व समुदायबीच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी ,...
पोखरामा ५ हजार कुकुर दर्ता
पोखरा । पोखरा महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया थालेको छ । महानगरपालिकामा  हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे । दीपावलीको...
आजको मौसम
गण्डकी र काेशीका हिमाली भेगमा हिमपातको सम्भावना
देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।   मौसम पुर्वानुमान महाशाखाका अनुसार गण्डकी, काेशी र  बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा...
आज कुकुर तिहार र लक्ष्मीको पूजा गरिँदै
पोखरा । आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने समितिको भनाइ छ । कात्तिक कृष्ण चतुर्दशीका...
गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । गत कात्तिक १२ गतेको मन्त्री परिषद्को निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत् मुख्य मन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको हो । जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन...
काग तिहार आज मनाइँदै
आज काग तिहार । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांङ निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यम दीपदान गर्नेक्रम पनि...
महिला साफ च्याम्पियनको उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज फाइनल खेल हुँदैछ । फाइनलमा नेपाल र साविक विजेता बंगालादेशबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा बेलुका साढे ६ बजे सुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौं संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको...