समाचार

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
पोखरा ।  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।...
आर्थिक गतिविधि सुस्ताउनुमा राष्ट्र बैंकको मौद्रिक नीति दोषी : पूर्वगभर्नर नेपाल
पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्,...
स्थानीय तह उपनिर्वाचनमा ४ सय ७ जनाको उम्मेदवारी, आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा अन्तर्गत हिजाे विभिन्न ४२ पदका लागि चार सय सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको...
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाडौं । हिजो निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका विशिष्ट व्यक्तित्व...
अस्थिर राजनीति समृद्धिको वाधक : सञ्चारमन्त्री गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले—एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताएका छन् । अस्थिर राजनीति नै समृद्धिको वाधक भएकाले राजनीतिक स्थायित्व दिनका लागि एमाले र कांग्रेसले सत्ता सहकार्य गरेको बताए । लमजुङ सुन्दरबजार नगरपालिका–५ गहतेमा आज गहते कालिका मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...
मैत्रीपूर्ण फुटबलमा नेपालसँग अफगानिस्तान पराजित
काठमाण्डौं ।  नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न...
स्थानीय तह उपनिर्वाचनमा आज उम्मेदवारी मनोनयन, गण्डकीको गाेर्खामा मात्र निर्वाचन
काडमाडौं । अगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगले जानकारी दिएको छ । मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन...
गण्डकी र कोशीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । गण्कोडकी, कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको  छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा...
मंसिर महिनाका लागि ब्याजदर घटाए बैंकहरूले
काठमाडौं ।  मङ्सिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । कात्तिकमा २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत रहेकोमा मङ्सिरमा शून्य दशमलव २० प्रतिशतले घटेर ५ दशमलव ९८ प्रतिशत कायम हुने भएको छ । यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका बैंकहरूले मङ्सिरका लागि पनि ब्याजदर घटाएका हुन् । बैंकमा पैसा थुप्रँदै...
गण्डकीमा  १८ हजारमा डेंगी संक्रमण, आठ जनाको मृत्यु
पोखरा ।  गण्डकी प्रदेशमा डेंगी संक्रमणबाट  गत साउनदेखि अहिलेसम्म ८ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार  यस वर्ष पहिलो पटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९...