समाचार

गण्डकी प्रदेश: माओवादीको प्रमुख सचेतकमा सुशीला
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडालाई चुनेको छ। पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले सिम्खडालाई प्रमुख सचेतक बनाएको हो। गोरखाकी सिम्खडा समानुपातिक सांसद हुन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन्। संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधारमन्त्री बनेका छन्। म्याग्दीबाट निर्वाचित रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन्।
टाइगर कप भलिबल: महिलातर्फ सेमिफाइनल समीकरण पूरा
पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी महिलातर्फको राउण्ड रोविन लिगका खेल सकिएका हुन्। घरेलु टोली गण्डकी प्रदेशसहित एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड सहभागी प्रतियोगितामा सबै टोली सेमिफाइनल खेल्ने भएका छन्। जस अनुसार ३ खेलमा ३ वटै...
६ महिनामा ४५ संचार माध्यम काउन्सिलको कारबाहीमा
प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा संचार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ। अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ। आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक–पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डट कमलाई कालोसूचीमा राखी थप कारबाही...
टाइगर कप भलिबलः पुरुषतर्फ पुलिस र एपीएफ विजयी
तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन (मंगलबार) विभागीय टोलीको बर्चश्व रह्यो। पुरुषतर्फको खेलमा विभागीय क्लबहरुले वर्चश्य कायम राख्यो।  मंगलबार भएको पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्न सफल बन्यो। नेपाल पुलिसले...
‘चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ’
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका संचालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन्। प्रेस काउन्सिल नेपालको आज ( मंगलबार) अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्। प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण...
गण्डकी प्रदेश सरकारः मन्त्री र कार्यविभाजनको टुंगो
गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आर्थिक मामिला मन्त्रालय तोकेका छन्। एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लगाएका छन्। एमालेकै वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा लगाएका छन्। त्यस्तै, मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मा दिएका छन्।...
महोत्सवले आर्थिक चलायमान हुन्छः मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मेला महोत्सवले आर्थिक चलायमान हुने बताएका छन्। पोखराको अमरसिंह चौरमा आज (बुधवार) देखि सुरु ११ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्छ। मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहँदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्छ।’ मुख्यमन्त्री...
११ औं संस्करणको पोखरा महोत्सव सुरु
पोखराको अमरसिंह चौरमा आज (बुधवार)देखि ११ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ। युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक समारोहबीच उद्घाटन गरे। यसैगरी, महोत्सव उद्घाटनपूर्व पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म झाँकी तथा र्‍यालीको आयोजना गरिएको थियो। उक्त झाँकी तथा र्‍यालीमा झाँकीतर्फ नेपाल मगर संघ रामबजार इकाईले प्रथम स्थान हासिल गरेको...
आज पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) मनाइँदै
आज पुस २७ गते पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस। हरेक वर्ष पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षोल्लासपूर्वक मनाइन्छ। विक्रम संवत् १७७९ मा आजकै दिन अर्थात् पुस २७ मा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा ४ दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले...
११ औं पोखरा महोत्सवको तयारी पूरा
११ औं पोखरा महोत्सवको संपूर्ण तयारी पूरा भएको छ। आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने ११ औं संस्करणको महोत्सवको संपूर्ण तयारी पूरा भएको जनाएको हो। ११ औं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय...