समाचार

विश्वकप फुटबल: क्वार्टरफाइनल समीकरण पूरा
कतारमा जारी २२ औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको हो। क्वार्टरफाइनलमा साबिक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल, अर्जेन्टिना, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, मोरोक्को र पोर्चुगलले स्थान बनाएका छन्। अब, सेमिफाइनल प्रवेशका लागि...
विश्वकप फुटबल: रामोसको ह्याट्रिक, पोर्चुगल क्वार्टरफाइनलमा
गोन्कालो रामोसको ह्याट्रिकप्रेरित पोर्चुगलले मंगलबार स्वीट्जरल्यान्डमाथि ६–१ को सहज जित निकाल्दै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएकामे छ। कतारको लुसैल रंगशालामा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक गरे। पेपे, रफाइल गुइरेरो र रफाइल लियोले समान १/१ गोलको योगदान गरे। जारी विश्वकपमा भएको यो पहिलो ह्याट्रिक हो। स्वीट्जरल्यान्डका म्यानुयल अकान्जीले शान्त्वना १ गोल फर्काए।...
विश्वकप फुटबल: स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा
कतारमा जारी विश्वकप फुटबलमा पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्पेनले प्रहार गरेको ३ पेनाल्टी गोलकीपरले लगातार रोकेपछि मोरोक्कोले पहिलोपटक विश्वकपको अन्तिम ८ मा स्थान बनायो। कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी टाइममा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित समय र अतिरिक्त...
विश्वकप फुटबल: जापान टाइब्रेकरमा क्रोएसियासँग स्तब्ध
एसिया फुटबलको महारथी जापान कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार राति भएको नकआउट चरणका खेलमा जापानलाई क्वार्टरफाइनल जानबाट क्रोएसियाले रोक्यो। समूह चरणका खेलहरुमा सनसनी मच्चाएको जापानले क्रोएसियासँग टाइब्रेकरमा ३–१ ले स्तब्ध बन्यो। अल जानोव स्टेडियममा सोमबार राति भएको नकआउट चरणको खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अन्तिम ८ मा स्थान बनायो। निर्धारित...
विश्वकप फुटबल: कोरियालाई ब्राजिलले रोक्यो
एसियाकै फुटबल महारथी दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल चरणमै रोकिएको छ। फिफा विश्वकपमा सर्वाधिक सफल महारथी ब्राजिलले अन्तिम १६ को खेलमा रोक्दा कोरिया यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएको हो। खेलको सुरुवातदेखि नै कोरिायालाई दवावमा राख्न सफल ब्राजिलले...
विश्वकप फुटबल: साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा
साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। अल थुमामा स्टेडियममा आइतबार राति भएको नकआउट चरणका खेलमा केलिएन एमबाप्पे र ओलिभर गिरोड चम्किदाँ साविक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले हराउँदै अन्तिम ८ मा स्थान बनायो। फ्रान्सको सानदार जितमा केलिएन एम्बाप्पेले २ गोल गरे। ओलिभर गिरोडले १ गोल गरे। पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले...
विश्वकप फुटबल: इंग्ल्यान्ड क्वार्टरफाइनलमा
इंग्यान्डले कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको अन्तिम ८ मा स्थान बनाएको छ। अल बायट रंगशालामा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले अफ्रिकी टोली सेनेगलमाथि ३–० गोलको साादार जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो। एकपक्षीय खेलमा इंग्ल्यान्डलाई जिताउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे। पहिलो हाफमा २ गोल गरेको इंग्ल्यान्डले...
राष्ट्र बैंक शाखाले जित्यो वल्र्डलिङ्क फुटसल प्रदेश–५ को उपाधि
राष्ट्र बैंक शाखाले पोखरामा सम्पन्न वल्र्डलिङ्क फुटसल प्रदेश–५ टुर्नामेन्टको उपाधि जितेको छ। पोखराको स्पोर्ट्स क्यासलमा भएको फाइनल खेलमा राष्ट्र बैंक शाखाले अमरसिंह शाखालाई २–० ले हराउँदै उपाधि जितेको हो। टुर्नामेन्टमा राष्ट्र बैंक शाखा टिमका कमल गुरुङ उत्कृष्ट खेलाडी बने। टुर्नामेन्टको ४ खेल खेलेका कमलले २ गोल गर्न सफल भएका थिए। टोलीले गरेको अन्य गोलमा पनि...
ढकिया बनाउँदै संगम सहकारीका दिदिबहिनीहरु
पोखरा–१५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ। ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई समेत आत्मसाथ राखी संस्थाका सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी ६ दिने हस्तकला तालिम संचालन गरेको हो। शिक्षा उपसमितिको पहलमा संस्थाकै हलमा भएको उक्त तालिमको समापन कार्यक्रममा...
पत्रकार ‘सल्यानी’लाई युआरएल पत्रकारिता पुरस्कार
यस वर्षको युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारराशी नगद २० हजार र ताम्रपत्र छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट...