दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँको टिका

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो।

समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ।

यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ।

समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ।

यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ छ।

कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds