Main News 2

कास्कीमा २३०३ म्यादी प्रहरी माग, माघ १ गतेसम्म आवेदन दिन सकिने
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कास्की जिल्लामा ठूलो संख्यामा म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति, कास्कीले बिहीबार एक सूचना जारी गर्दै २ हजार ३ सय ३ जना म्यादी प्रहरी माग गरेको हो। इच्छुक नेपाली नागरिकले  माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाको...
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण ऐन,...
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज
पोखरा । पहिलाे पटक पाेखरामा आयोजना गरिएको  एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षेनी गर्दै आएको अवार्डको २२औँ संस्करण हो । पोखरा सभाग्रहमा हुने अवार्ड कार्यक्रम दिउँसाे ३ बजे सुरु हुनेछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिटको आयोजना गरिएको थियो...
म्याग्दीमा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
म्याग्दी ।  सडक निर्माणका क्रममा माटो मिसिएको गिट्टी प्रयोग गरी ढलान गरिएपछि जनप्रतिनिधिहरूले भत्काइदिएका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाँडामा दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत ह्युम पाइपको पर्खाल अडाउन पिसिसी ढलान गर्दा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि अनुगमनमा पुगेका टोलीले सो ढलान भत्काउन लगाएका हुन्। स्थानीयवासीले निर्माण कार्यमा लापरबाही भएको गुनासो गरेपछि सोमबार गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली,...
एडिबीको ऋणमा राजमार्ग विस्तार
 पोखरा –मुग्लिन सडक विस्तारमा सुधार देखिँदा अन्य खण्डमा सुस्तता
पोखरा  एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा नेपालका प्रमुख राजमार्गहरू विस्तार गर्ने काम धमाधम भइरहे पनि कतिपय खण्डको प्रगति भने अझै सन्तोषजनक देखिएको छैन । केही स्थानमा निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् भने कतिपयमा निर्माण व्यवसायीलाई बारम्बार ताकेता गर्दा पनि कामले गति लिन सकेको छैन । आयोजना निर्देशनालय (एडीबी) का अनुसार सन् २०२५...
पोखरा २६ को लक्ष्मी मावि व्यवस्थापन समितिको अध्यक्षमा खेम गुरुड
पोखरा। पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा खेम बहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरु मध्यबाट बिहीबार गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अभिभावक भेलाबाट गुरुड सहित सविना गौतम र डुल बहादुर पुन सदस्यमा छनौट भएका थिए । त्यसैगरी वडा शिक्षा समितिले सिता...
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखरा ।  देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी...
प्रतिनिधिसभा निर्वाचन
६४ दलद्वारा समानुपातिकको बन्दसूची पेस, २२ दलको मात्रै पूर्ण उम्मेदवारी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगले पुस १३ र १४ गते तोकेको समयभित्र यी दलहरूले आफ्नो सूची पेस गरेका हुन्।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव ताेकीएको छ । कुल ६४ दलले सूची बुझाए पनि सबै ११० सिटका लागि पूर्ण उम्मेदवारी...
पोखरामा २२ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
पोखरा । पोखरामा २२ औं संस्करणकको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि...
आज क्रिसमस डेमा सार्वजनिक बिदा
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए...