Main News 2

वडा खेलकुदमा  फुटबलमा एसओएस गण्डकी, युनी हकीमा फ्रान्सिसको दोहोरो उपाधि
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ । बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट...
निर्वाचन प्रहरीको संख्या नपुगेपछि छुटेका परीक्षार्थीलाई पुनः बोलाइयो,
पोखरा । कास्कीमा प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको संख्या अनुसार निर्वाचन प्रहरी फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले यसअघि छनोट प्रक्रियामा छुटेका परीक्षार्थीहरूलाई पुनः अवसर दिएको छ । जिल्लामा २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी परिचालन गर्ने लक्ष्य लिइएको भए पनि अहिलेसम्म चाहिए जति जनशक्ति छनोट हुन नसकेपछि प्रशासनले परीक्षामा उपस्थित हुन नसकेकाहरूलाई पुनः...
कांग्रेसका उम्मेदवारमा १०६ नयाँ अनुहार
काठमाडौँ । कांग्रेसले प्रत्यक्षतर्फ उठाएका १६५ उम्मेदवारमध्ये १०६ जना नयाँ उम्मेदवार रहेका छन्। तीमध्ये ११ जना महिला उम्मेदवार छन्।विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्वमा आएका गगन थापाले यसपटक नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखेका हुन्। नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखे पनि कांग्रेसले महिला उम्मेदवारमा उदारता देखाएको देखिँदैन। किनकि गण्डकी र सुदुरपश्चिम प्रदेशमा कांग्रेसले कुनै पनि महिला उम्मेदवार उठाएको छैन। काठमाडौं...
समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल...
पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
पोखरा । पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानित हुन लागेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार...
कास्कीमा अपराध न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन 
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अपराध न्यूनीकरण, शान्ति सुरक्षा र नागरिक सेवालाई प्रभावकारी  बनाउन  पुस महिना विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ। अपराधका तथ्याङ्क विश्लेषण गर्दै बढी देखिएका अपराधका क्षेत्र पहिचान गरी सोहीअनुसार लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ। सवारी दुर्घटना न्यूनीकरणलाई विशेष प्राथमिकतामा राख्दै दुर्घटना बढी हुने स्थानहरूमा यात्रु तथा पैदलयात्रीलाई...
अमेरिकन डलरको मूल्य बढ्यो
काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९...
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गर्नुभएको छ । बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उहाँले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने...
कांग्रेस विशेष महाधिवेशन
सभापतिमा गगन थापाको उम्मेदवारी
काठमाडौं । कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।
पोखरा स्पोर्टस् अवार्ड वैशाख १८ मा हुने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले आगामी वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक,...