Main News 2

राष्ट्रिय सूचना आयोग प्रमुख आयुक्तमा सुरेश, आयुक्तमा पोखराकी दुर्गा र गुल्मीका गगन सिफारिस
पोखरा । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डाक्टर सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा सिफारिस भएका छन् ।सिन्धुलीका  आचार्य न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष पनि हुन् । सूचना आयुक्तमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्वसदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको हो । सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार...
रवि लामिछाने र छविलाललाई म्याद थपका लागि अदालत लगिँदै
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने र अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ । हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप्न अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुलाई  जिल्ला अदालत कास्कीले हिरासतमा...
चक्कु प्रहार गरी तनहुँमा एक जनाको हत्या
दमौली । तनहुँमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा हिजो साँझ चक्कु प्रहारबाट नुवाकोटका ४७ वर्षीय दिलीप तामाङको हत्या भएकाे प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापा पक्राउ परेका छन् । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई...
पोखरा महानगरको निर्णयको कर्मचारीका संघ, संगठनको पनि विरोध
पोखरा । पोखरा महानगरपालिकाको करार कर्मचारी हटाउने निर्णयको स्थानीय तह कर्मचारी संघ, संगठनले पनि विरोध गरेका छन् । कर्मचारीका संघ, संगठनले आज संयुक्त विज्ञप्ति निकालेर हिजो कात्तिक १५ गते बसेको पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय फिर्ता नभए आन्दोलन घोषणा गर्ने चेतावी समेत दिएका छन् । हिजोको कार्यापालिका बैठकले १० जना इन्जिनियर र १८ जना सबइिन्जिनियरलाई...
आजको मौसम
गण्डकी र काेशीका हिमाली भेगमा हिमपातको सम्भावना
देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।   मौसम पुर्वानुमान महाशाखाका अनुसार गण्डकी, काेशी र  बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा...
धनराज गुरुङमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री रमेश लेखक
पोखरा । गृहमन्त्री रमेश लेखकले तथ्य र प्रमाणले सहकारी गठीमा सम्लग्न देखिए नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । ‘कसैको मुख हेरर अनुसन्धान हुँदैन’,उनले भने, तथ्य र प्रमाणले अनुसन्धान गर्ने हो, यदी धनराज गुरुङले पनि गैर कानुनी कार्य गरेको तथ्य र प्रमाण फेला परे उहाँमाथि पनि अनुसन्धान हुन्छ ।’ प्रतिनिधिसभाले बनाएको...
काग तिहार आज मनाइँदै
आज काग तिहार । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांङ निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यम दीपदान गर्नेक्रम पनि...
४ वर्षपछि पोखरामा गुञ्जिदैँ एमटी ८८४८ ब्यान्ड
पोखरा । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभिवाई सञ्चालनमा आउने भएको छ । चर्चित ब्यान्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतिसँगै आज क्लबको ग्रान्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।उनका अनुसार सो ब्यान्डले ४ वर्षपछि पोखरामा प्र्रस्तुति दिँदैछ । गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुति दिने बताउँदैं प्रवेश...
एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन,सम्भावना नदेखेको हो : माधव नेपाल
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन सम्भावना नदेखेको बताएका छन् ।‘म एकताको विपक्षमा छैन,‘उनले भने,‘ नेकपा माओवादीसँग अहिले एकता गर्ने परिवेश बनेको छैन, एमालेसँग त सम्भावना नै देखेको छैन । ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म पार्टी एकताको कुनै सम्भावना नरहेको उनको भनाइ थियो...
महिला साफ च्याम्पियनको फाइनलमा नेपाल र बंगलादेशको प्रतिष्पर्धा
काठमाडौं । नेपालले भारतलाई पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२४ को फाइनल यात्रा तय गरेको छ ।आइतबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको...