स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । पालिका भित्र घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निशुल्क एम्बुलेन्स सेवा दिएको हो । पालिकाभित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन...