काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात...