Main News 2

गण्डकीका सांसद राजीव गुरुङ दीपक मनाङे कारागार चलान
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङे काठाडौंमा पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार सानो भर्‍याङबा६ पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको मुद्दामा कात्तिक २० गते फैसला गर्दै दोषी ठहर गरेपछि उनी पक्राउ परेका हुन् । २०६१ सालमा चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा...
कास्कीको अन्नपूर्णमा हुलाक कार्यालय स्थापना, सबै पालिकामा स्थापना गरिने
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखरा अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताए । उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै संघीय...
आजको मौसम
गण्डकीसहित ४ प्रदेशका पहाडी भूभागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी...
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा प्रदीपराज वन्त दोहोरिए
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल अध्यक्षमा प्रदीपराज वन्त दोहोरिएका छन् ।  समूहको १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन...
नेरेसो उपशाखा पोखरा ५ को अध्यक्षमा केशव निर्वाचित
पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा -५ को नवौ अधिवेशनले केशवप्रसाद कोइरालाको अध्यक्षातामा ११ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचित गरेको छ । सोसाइटीको उपसभापतिमा नेत्रमाया अधिकारी, सचिव प्रदीप सुवेदी, कोषाध्यक्ष गोविन्द खत्री, सह-सचिव विध्या अधिकारी पौडेल, सहकोषाध्यक्ष, केशव बराल चयन भएका छन् । सदस्यमा पवित्रा शर्मा, माधव बास्तोला, रामप्रसाद खनाल, कृष्णकुमारी गुरुङ, इन्द्रप्रसाद पराजुली चयन...
कोप – २९ मा भागलिन राष्ट्रपति  पौडेल आज अजरबैजान जाने
काठमाडौं। अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन्ला । राष्ट्रपति पौडेलले यही कात्तिक २७...
महिला विश्वकपको एसिया छनोटमा युएईसँग नेपाल पराजित
पोखरा । १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ । नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय नौ रन मात्र बनाउन सक्यो । त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ...
महिला विश्वकप क्रिकेट छनोटमा  नेपालले आज युएईविरुद्व खेल्ने
काठमाडौं ।  यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज  युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्दैछ । नेपालको यो  तेस्रो खेल हो । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो ।   बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्दा  ६७ रनको फराकिलो अन्तरले जितेको थियो ।...
पूर्णबहादुरको सारंगीको नयाँ रेकर्ड, एकै दिन ३ सय ८० बढी शो
पोखरा । पूर्णबहादुरको सारंगी चलचित्र यतिबेला चर्चाको शिखरमा छ । चलचित्रले दर्शकको अभूतपूर्व माया पाएको छ । गन्धर्व परिवारको कथावस्तुमा आधारित चलचित्रले एकै दिन बढी शो पाउने चलचित्रको रेकर्ड समेत बनाएको छ । चलचित्रमा एउटा बुबाले छोराको सफलताका लागि गरेको संघर्षलाई देखाइएको छ ।काठमाडाै‌, पोखरा  लगायतका मुख्य सहरहरुमा चलचित्र उत्साहजनक रुपमा प्रदर्शन भइरहेको छ ।...
तनहुँको म्याग्दे गाउँपालिकामा पशुपन्छीको उपचार गर्न घुम्ती शिविर
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पशुपन्छिको उपचार गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरमा १ हजार तीन सय पशुको उपचार गरिएको छ । शिविरमा ५३ वटा कुकुरलाई रेबिजविरुद्धको खेप, ७८ वटा पशुको गोबर परीक्षण, एक सय २० वटा बहर र बोकाको बन्ध्याकरण गरिएको म्याग्दे गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक विनय शाहले...