Main News 2

अपराध
डडेल्धुरामा बालिकाको हत्या, पोखरा बजारका व्यापारी पक्राउ
डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया बालिकाको हत्या भएको छ । बालिकाको हत्या आरोपमा एक व्यापारी पक्राउ परेका छन् । अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा बालिकाको शव फेला परेको थियो । अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा सोही नगरपालिकाको पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी...
पोखरा महानगर भित्रका सडक अब ब्रुमरले सफा गरिने
पोखरा । पोखरा महानगर भित्रका सडकलाई अब मेसिन प्रयेग गरी सफा गरिने भएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्न स्वीपर मेसिन (ब्रुमर) ल्याएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गरेको ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप...
बञ्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
कैलाली । कैलालीमा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  चुरे गाउँपालिका–६ ढुंगेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । उनले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले...
मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गरेका ५न् ।  “विजया...
काभा पुरुष भलिबलमा नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग फाइनल खेल्ने
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अंकले जितेको...
महानवमी पनि आज मनाइँदै
पोखरा ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष...
राजनीति
वैरभाव र निरासा फैलाउने प्रवृत्ति विरुद्ध एकजुट हुन एमालेको आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । पार्टी मुख्यालयमा बसेको बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । उपमहासचिव ज्ञवालीले सरकारले...
देशभर बिचौलियाको बिगबिगी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुने भ्रष्टाचारका मुद्दामा सबैभन्दा बढी बिचौलियाविरुद्ध हुने गरेका छन् । आव २०८०/८१ को तथ्यांक हेर्दा सेवाग्राही र सरकारी कार्यालयबीच कुराकानी मिलाइ कारोबार गर्दा रकम लिने ‘दलाल’ अख्तियारका प्रतिवादी हुन् । यो तथ्यांकले बितौलियाको बिगबिगी बढेको आँकलन गर्न सकिन्छ । भ्रष्टाचारका मुद्दाका प्रतिवादी हेर्दा बिचौलिया र मतियारको संख्या ५९४...
गण्डकीको मौसम आज सामान्यतया सफा रहने
पोखरा । कोशी प्रदेशलगायत मधेस र वाग्मती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र वाग्मती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...
गण्डकीसहित मध्य नेपालबाट बाहिरियो मनसुन
 पोखरा । गण्डकी प्रदेशसहित मध्य नेपालबाट पनि मनसुन बाहिरिएको छ। गण्डकी, कर्णाली र लुम्बिनीका पूरै भूभाग तथा काठमाडौं उपत्यकालगायत बागमतीको पश्चिमी र मधेश प्रदेशका पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिमका पूरै भूभाग र कर्णाली धेरै तथा लुम्बिनीका पश्चिमी भू–भागको थोरै स्थानबाट २० असोजमा मनसुन बाहिरिएको थियो। मनसुनी वायु कमजोरहुँदै...