Main News 1

भारतको हरिद्वारको एक मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु
हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।  “छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको...
अदालतको फैसला अनुसार पोखरा बाटुलचौरको लिचीघारी जग्गाको लालपुर्जा माग
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरमा रहेको लिचीघारीको जग्गा विवाद चुलिएको छ । राणाहरूले बिर्ता पाएको बाटुलेचौरको लिचिघारीको १ सय ३५ रोपनी जग्गा दाबी गर्दै दुर्गादेवीका नातिहरुले बुधबार पत्रकार सम्मेलन गरेका हुन् । दुर्गादेवी उनै हुन्, जसले यो जग्गा बिर्ता पाएकी थिइन् । दुर्गादेवीका २ नाति भीमसेन शाह र सुरज शाहले बुधबार आफूहरुमाथि...
एनआरएनए अष्ट्रेलिया (एसीटी) सचिव पदमा पोखरा २८ कालिकाका नवीन पौडेलकाे उम्मेदवारी घोषणा
पोखरा । पोखरा २८ कालिका बिमिरापानीका नवीन पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको आगामी कार्यकाल २०२५–२०२७ का लागि पौडेलले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्। आगामी जुलाई २६ मा हुने एनआरएनए एसीटी निर्वाचनका लागि उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। पौडेल...
सर्वोच्च अदालतको न्यायाधीश पदमा तीन जना नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा तीन जनालाई नियुक्त गर्नु भएको छ । रामचन्द्र पौडेलले असार २३ गते मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा गरी तीन जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा [२] बमोजिम न्याय परिषद्को...
पूर्णबहादुरको नेतृत्वमा कास्की आदर्श समाज बहराईनको नयाँ कार्यसमिति चयन
बहराइन ।  “कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ सन् २०१९ जुलाई ५ मा स्थापित कास्की आदर्श समाजले बहराइनले बहराइन राज्यको अदलिया स्थित इण्डियन दरबार रेष्टुरेण्टको सभाहलमा आफ्नो तेश्रो राष्ट्रिय अधिवेशन तथा छैठौं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। अधिबेशनले पूर्णबहादुर परियार अध्यक्ष रहेको २१ सदस्यीय नयाँ कार्यसमिति...
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
पश्चिम नवलपरासी । बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पाल्हीनन्दन गाउँपालिका–१, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका–४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका–१५, डिगौल बस्ने वर्ष १८ को राहुल राजभरको मृत्यु...
टी २० महिला क्रिकेट
कास्कीले नवलपुरलाई हरायो, पर्वत र स्याङजाले अंक बाड्यो
पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै...
कास्कीमा ३० विद्यालयका ६५ विद्यार्थीले ल्याए ४ जिपिए
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार कास्कीबाट ८ सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०७२ देखि एसएलसी परीक्षा प्रणालीबाट परिवर्तन गरी एइई लागू गर्‍याे र परीक्षाफलमा ग्रेडिङ सिस्टम लागू गर्‍याे । त्यो बेलादेखि नै कास्कीका सामुदायिकका विद्यार्थीले ग्रेडिङको उच्चतम विन्दु ४...
डेढ करोडका अवैध गहनासहित पोखरामा २ पक्राउ
पोखरा । पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले दिएको जानकारीअनुसार, पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् । प्रहरीले...
कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान
पोखरा । स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम  नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी...