Main News 1

कैलाश सिरोहिया भन्छन्, ‘किञ्चित विचलित हुँदिन’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले मिडिया ग्रुप किञ्चित विचलित नहुने जिकिर गरेका छन्। अध्यक्ष सिरोहियाले आफूविरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने हुँदैन।’ कानुनअनुसार हुने हरेक अनुसन्धानमा संपूर्ण सहयोग गर्न एक...
कान्तिपुरका कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत रकम अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। गृहमन्त्री लामिछानेले गत आइतबार प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गरेका थिए।...
पत्रकार आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिबद्धता जनाएका छन्। एक कार्यक्रमबीच सो प्रतिबद्धता जनाउँदै काउन्सिलले जागरण कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्धारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले सामूहिक प्रतिबद्धता जनाएका हुन्। समाचार संप्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्णपालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘पत्रकार आचारसंंहिताको पूर्ण पालना गर्न र गराउन...
नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन सकियो
नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको छ। संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि घोषणापत्र जारी गरिए जनाइएको छ। घोषणपत्रमा १८ वटा बुँदाहरु छन्। पहिलो बुँदामा प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति महाधिवेशनको गंभीर ध्यानाकर्षण भएको...
राष्ट्रिय सूचना आयोगले १७ औँ स्थापना दिवस मनायो
राष्ट्रिय सूचना आयोगले आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ। २०६५ साल वैशाख २२ मा राष्ट्रिय सूचना आयोगको स्थापना भई सूचनाको हक कार्यान्वयनका लागि आयोगले काम गर्दै आएको छ। आयोगले सूचनाको हकलाई संघदेखि पालिकासम्म सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पुग्नेमा जोड दिएको छ। १७ औँ स्थापना दिवसका अवसरमा आयोगले सूचनाको हकले शासकीय व्यवस्थामा...
सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा आज (बिहीबार) यहाँ आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। ‘संचार तथा सूचना प्रविधिको विकास,...
पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा अवसरमा पत्रकार महासंघ गण्डकीले प्रदेश मातहतको म्याग्दी जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान गरेको छ। सो अवसरमा जहाज दुर्घटनामा परी दिवंगत भएका पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं पत्रकार त्रिभुवन पौडेलको परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेको छ। सो अवसरमा...
अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …
टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ। अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो। ‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा...
९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिवन्ध
अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ। तल्लो सदन कँग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो। यो विधेयकले टिकटकको संचालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ। यदि, बिक्री नगरेमा ९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ। सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। त्यो अवस्थामा...
‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनु हुँदैन’
नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्य–तथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन्। फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आइतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा बोल्दै तमुले भने, ‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिदैन।’ ‘संस्थापक अध्यक्ष को हुन् ? भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो...