Main News 1

स्वास्थ्यप्रति वडाबासीलाई सचेत गराउन पोखरा ५ मा ३ योग साधना केन्द्र निर्माण
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा ३ वटा योग साधना केन्द्र निर्माण गरिएको छ । योगका माध्यमबाट वडाका बासिन्दालाई स्वास्थ्यप्रति सचेत गराउनुका साथै स्वस्थ नागरिक अभियान अन्तर्गत योग साधना केन्द्र स्थापना गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । मनकामना मन्दिर परिसरमा निर्माण गरिएको योग साधना केन्द्रको वडाध्यक्ष बरालले उद्घाटन गरे । वडाले मालेपाटन वडा...
माछापुच्छ्रे बैंकले गर्‍यो २५ लाख सहयोग
पोखरा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले २५ लाख सहयोग गरेको छ ।गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो प्रभावितको सयोगका लागि बैंकले २५ लाख सहयोग गरेको हो । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । कार्यक्रममा...
पाडीबाछी हुर्काउन गण्डकी प्रदेश सरकारले गर्‍यो अनुदान वितरण
तनहुँ, ५ । पाडी र बाछी हुर्काउन गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा र६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन...
अमेरिकी राष्ट्रपति निर्वाचन : एक मतदातालाई १० लाख डलर दिने एलन मस्कको घोषणा
वासिङ्टन डीसी । अमेरिकामा यतिबेला चुनावको चहलपहल बाक्लो छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले खुलेर पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा लागेका छन् । यसैबिच उनले राष्ट्रपतिको निर्वाचनसम्म हरेक दिन एक जना मतदाताले १० लाख डलर जित्ने मौका दिने वाचा गरेका छन् । यसका लागि उनले सर्त पनि तोकेका छन् । अमेरिकी संविधानलाई...
साफ महिला खेलकुदमा आज बंगालादेश र पाकिस्तान भिड्दै
काठमाडौंं । काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो खेल भारतसँग ५–२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।...
आजको मौसम
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...
सहकारी ठगी
रवि समातिए, कहिले पक्राउ पर्छन त कांग्रेस उपसभापति गुरुङ ?
काठमाडौं । सहकारीमा प्रत्यक्ष नजोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले समातेको छ  । तर, प्रत्यक्ष मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलालाई अनुसन्धानको दायरामा समेत ल्याएको छैन । जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले लामिछानेलाई वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट...
महिला साफमा नेपालले पहिलो पटक बराबरी खेल्यो
काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको पहिलाे खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेर खराब सुरुवात गरेको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी खेल हो । आज साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा...
सहकारी ठगी
रास्वपा सभापित रविलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  अनुसन्धानकाे लागि पक्राउ गर्न कास्की जिल्ला अदालतबाट पुर्जी जारी भएको छ । सहकारी ठगीको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको  प्रहरी स्राेतले बतायाे । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि...
साफ महिला च्याम्पियनसिपमा श्रीलंका विजयी
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा अन्तर्गत आज भएको पहिलो खेलमा श्रीलंका विजयी भएको छ । श्रीलंकाले माल्दिभ्सलाई १-०  गोलले पराजित गरेको हो । दशरथ रंगशालामा शुक्रबार सम्पन्न समूह बी को खेलमा श्रीलंकाको जितमा इमेशा वार्नाकलासुरियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित रह्यो । यससँगै श्रीलंकाले समूहमा ३ अंक जोडेको छ । यसै...