Main News 1

गण्डकीका मुख्यमन्त्री उपचारको लागि भारतमा, कार्यवहाक मुख्यमन्त्री पद्मा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि आइतबार भारत प्रस्थान गरेका छन् । उनी आफ्नो र पत्नीको उपचारका लागि भारत गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्रीको घुँडामा समस्या भएकाले गत साउनमा पनि उनी उपचारको लागि भारत भएका थिए । उपचारको लागि भारत गएका मुख्यमन्त्री पाण्डेले कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा...
चाडपर्वमा भाडा नबढाउने यातायात व्यावसायीको प्रतिबद्धता
पोखरा । गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमित भन्दा बढी भाडा नलिने प्रतिबद्धता यातायात व्यावसायीले गरेका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् । बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित...
पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । यस वर्षको मनसुन आइतबारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट...
बाढी र पहिरोमा २ सय ४४ को मृत्यु, १९ अझै बेपत्ता
काठमाडौं । असाेज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १ सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र...
नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
पोखरा । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात्...
पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा, २५ जनालाई रोजगारी
पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्ष देखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । आज ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रिबन काटेर रेस्टुरेन्ट उद्घाटन गरे ।...
संस्कृति
पोखराको कास्कीकोटमा नवदुर्गा महोत्सव हुने
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट थप मानवीय...
खेलकुद
पोखरा वडा नम्बर ५ मा ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मालेपाटनस्थित वडा कार्यालयसँगै रहेको रवीन्द्र स्मृति बाटिकामा सुुरु भएको खेलको संघीय संसाद दामोदर वैरागी पौडेलले उद्घाटन गरे । उनले वडाध्यक्ष विष्णुप्रासद बराल र सहभागी खेलाडीसँग केहीबरे ब्याडमिन्टन समेत खेलेका थिए । नेपालीका पर्व विजया दशमी, तिहार, छठ, नेपाल सम्वत्सहितका...
पोखरामा मृत भेटिएका शिशुको अभिभावक खोज्दै प्रहरी
पोखरा । पोखरा १४ चाउथेस्थित विजयपुर खोलामा मृत भेटिएका शिशुको बुबाआमा खोज्न प्रहरी लागि परेको छ । उनको पहिचान अझै खुल्न सकेको छैन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असोज ११ गते जन्मेका शिशु २ दिनपछि मृत भेटिएका थिए । बाबु आमा पहिचान नहुँदा उनको शवको पोस्टमार्टम समेत हुन नसकेको प्रहरीले बताएको छ...
प्रधानमन्त्री ओलीको विशेष पत्रकार सम्मेलन अपराह्न ४ बजे
काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको ७९ औ्ं महासभामा भाग लिएर हिजो स्वेदश फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन तय भएको छ । बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणको बारेमा जानकारी दिने गरी...