पोखरामा ११ गतेदेखि विद्यालय सञ्चालन गर्न महानगरको अनुराेध

पोखरामा ११ गतेदेखि विद्यालय सञ्चालन गर्न महानगरको अनुराेध

pokhara metro

फाइल तस्बिर ।

पोखरा । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को वैशाख ११ गते नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै महानगरले विद्यालयहरुलाई नियमित पठन–पाठन कार्य गर्न अनुरोध गरेको छ ।

महानगरको शिक्षा महाशाखाले जारी गरेको सूचनामा शैक्षिक क्यालेन्डरअनुसार वैशाख ८ गतेदेखि पठन–पाठन सुरु गर्ने उल्लेख भए तापनि, भर्ना प्रक्रिया तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा समय लाग्ने भएकाले नियमित कक्षा ३ दिन पछि सारिएको जानकारी गराइएको छ।

“सम्बन्धित सम्पूर्ण विद्यालयहरूमा सूचनामार्फत जानकारी गराउँदै बिहीबारदेखि नियमित कक्षा सञ्चालन गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।

नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरुमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ। आन्दोलनमा सहभागी शिक्षकहरु विद्यालयमा उपस्थित नहुँदा नियमित कक्षा सञ्चालन हुन सकेको छैन।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds