गण्डकी

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
पोखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट...
विभिन्न सीपमूलक तालिम सञ्चालन
पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा) तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री...
पोखरा चिनियाँ पर्यटकको रोजाइमा पर्ने विश्वास
पोखरा । चीन सरकारको तर्फबाट पोखरा चार्टर उडानको नेतृत्व गरेका सीटीएस कम्पनीका प्रबन्धक यानले निजी क्षेत्रले देखाएको उत्साहका कारण पोखरा–छेन्दु नियमित उडान हुने विश्वास व्यक्त गरेका छन् । उनले अहिले तय भएका चार्टर उडानले चालु अंग्रेजी वर्षको वर्षायाममा चिनियाँ पर्यटक पोखरा ल्याउन सजिलो हुने पनि बताएका छन् । चीनमा अंग्रेजी महिनाको जुन–जुलाइमा विद्यालय बन्द रहन्छन्...
पोखरा—बुटवल सिद्वार्थ राजमार्ग विस्तारको लागि २० अर्ब बजेट
पोखरा । सिद्धार्थ राजमार्ग अन्तर्गतको पोखरा–बुटवल सडक स्तरोन्नति हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले बुधबार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआए) प्रतिवेदन सार्वजनिक गर्दै सुझावका लागि सूचना जारी गरेको छ । पोखरा—बुटवल सडक स्तरोन्नति परियोजनाले यातायात सहज बनाउनुका साथै व्यापार, पर्यटन र स्थानीय रोजगारी प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । ४ वर्षभित्र यो आयोजना...
गण्डकी विश्वविद्यालयको कुलपतिमा ७ जनाको आवेदन
पोखरा । गण्डकी विश्वविद्यालयले रिक्त रहेको कुलपति पदमा ७ जनाको आवेदन परेको छ । फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो ।आवेदन दिनेमा प्राध्यापक प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा कृष्णप्रसाद अधिकारी, प्राडा कुश्माकर न्यौपाने, प्राडा ईन्द्रप्रसाद तिवारी र प्राडा...
माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही,...
पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी
वासुदेव पौडेल छन्दु (चीन), ७ चैत  । पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो...
पोखराको पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
पोखरा ।  पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । निर्वाचन समितिको सामान्य गल्तीका कारण सुरु भएको विवाद बढ्दा निर्वाचन स्थगित भएको हो ।   मतपत्रमा भएको सामान्य त्रुटिका कारण  मंगलबार हुन नसकेको चुनाव बुधबार बिहान ८ बजेदेखि सुरु हुने सूचना निर्वाचन समितिले गरेकाे थियाे । तर आज मंगलबार साँझ ७ बजे अखिल छैठौं र...
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
तनहुँ। आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन ।...
शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव  सदुपयोग गर्न जरूरी:  प्रदेश प्रमुख भट्ट
पोखरा ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताउनुभएको छ । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टले शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । ‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक,...