गण्डकी

गण्डकीका मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित २ विभागीय मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका हुन्। अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता...
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त
खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेशस्थित नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसपछि, प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भन्दै...
गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वान
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई ७ दिनको समय दिएका छन्। प्रदेश प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतसहित प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन्। सो दिन दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री...
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भएपनि पाण्डेले त्यसो...
गण्डकीको प्रदेशसभामा ३ विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभाको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेका हुन्। गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गरे। यस्तै, ‘गण्डकी प्रदेशमा...
भोलिदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन भोलि (बुधबार)देखि सुरु हुँदैछ। भोलि दिउँसो २ बजे प्रदेश सभा बैठक सुरु हुँदैछ। हिउँदे अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसंचार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुँदैछ। यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार...
गण्डकी प्रदेश स्थापना दिवस: १० कर्मचारी पुरस्कृत
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। सर्वाेत्कृष्ट,उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत हुँदैछन्। यस वर्षको सर्वाेत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाउँदैछन्। १ लाख राशी र सम्मानपत्रसहितको सर्वाेत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गर्ने रेग्मी बागलुङका हुन्। खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी...
गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनायो
गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पोखराको सहिदचोकदेखि गण्डकी प्रदेश कार्यालयसम्म नेपाल प्रहरीको व्याण्ड बाजासहित विभिन्न जनजातिका झाँकी निकाल्यो। झाँकीमा प्रदेश सरकारका मन्त्री, सांसद, निजामती कर्मचारी, एवं विभिन्न सामाजिक संघसंस्थाको सहभागिता थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजित मूल समारोह कार्यक्रममा बोल्दै संघीयतालाई सफल बनाउन आग्रह गरे।...
गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको नि:शुल्क स्वास्थ्य बीमा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए। ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ,’ उनले भने,...
पत्रकार त्रिभुवन र अनिलको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन
गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन्। प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार...