गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिए
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा ५७ जना सांसद उपस्थित थिए। मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरे। बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भएपनि सभामुख धितालले...
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट खारेज
गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरिदिएको हो। एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेस गरेपछि मुख्यमन्त्री बनेपछि काँग्रेस संसदीय दलको नेता पाण्डेले रिट दायर गरेका थिए। गत चैत २८ गते...
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी दुर्गाको पदभार ग्रहण
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएकी प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंह चन्दले आज (सोमबार) आफ्नो पदभार ग्रहण गरेकी छन्। नेपाल सरकार, गृह मन्त्रालयको मिति वैसाख १३ गतेको निर्णयानुसार उपत्यका प्रहरी प्रहरी नायव महानिरीक्षक दुर्गा रानीपोखरी काठमाण्डौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएकी हुन्। प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आजै गण्डकी प्रदेश...
गण्डकी प्रदेश प्रहरी प्रमुख बनेर आइन् डीआइजी दुर्गा सिंह चन्द
गण्डकी प्रदेश प्रहरीको नयाँ प्रमुखका रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्द आउने भएकी छिन्। डीआईजी विकासराज खनालको उमेर हदका कारण अवकास भएपछि गएको बैशाख ७ गतेदेखि रिक्त रहेको गण्डकी प्रदेश नयाँ प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंहले पाएकी छिन्। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय भएको हो। डिआइजी दुर्गा...
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्यो
गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज (आइतबार) बिहान हिउँपहिरो खसेको छ। वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ। सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको समाचार छ। बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ। सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा...
कस्केली अधिकृत समाज डहरे देउराली, अन्धाअन्धी दहसम्म पुग्यो
कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ। समाजको वार्षिक कार्यक्रमअनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको हो। डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था...
गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्। मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीहरु हरिबहादुर चुमान र राजीव गुरुङलाई जिम्मेवारी तोकेका हुन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोकेको...
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विपक्षी दलले बहिष्कार गरेको आज (शुक्रबार)को बैठकमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएका हुन्। यसअघि, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभा बैठक बहिष्कार गर्ने...
म्याग्दीको कालीपुलस्थित पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्डको माग
म्याग्दी उद्योग वाणिज्य संघले कालीपुल बसपार्कमा पुनःसञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा डिजिटल बोर्ड स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङको टोलीलाई म्याग्दी आएको क्रममा संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतका पदाधीकारीहरुको टोलीले मागपत्र बुझाएको हो। सचिव गुरुङ, उपसचिव रामप्रसाद आचार्य, योजना अधिकृत विमल गौतमलगायतले...
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
नेपाली काँग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । काँग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले रिटमा सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने कार्य असंवैधानिक भएको दाबी गरेका छन्। सभामुख तटस्थ व्यक्ति भएकाले कुनैपनि दलका लागि बहुमत नपुग्ने जिकिर रिटमा गरिएको...