पोखरा । कास्कीको रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोेजनाको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकार र संघीय सरकारको ५०/५० प्रतिशत बजेट रहेको रुपा गाउँपालिकाको रिङ रोड(चक्रपथ) अन्तर्गतको दोस्रो खण्ड रामकोट, ठूलीवेशी,स्यास्त्री, देउपूर्वेशी, पोल्याङ सडक आयोजनाको आज शिलान्यास गरिएको हो । यो योजना रुपा वडा नम्बर १ र ७ मा पर्दछ ।
रुपा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसी र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक आयोजनाको शिलान्यास गरेका हुन् ।
रुपा गाउँवालिका वडा नम्बर ७ स्थित रामकोटमा शिलान्यास कार्यक्रम भएको हो । रुपा गाउँपालिकाको करिब ६४ किमी रिङ रोड (चक्रपथ)मध्ये १९ किमी कालोपत्रे भइसकेको छ भने अब यो योजना अन्तर्गत १६ किमी सडक कालोपत्रे हुनेछ ।
आयोजनाको लागि ७९ करोड बजेट अनुमान गरिएकोमा बिबिआर कस्ट्रक्सन जेभीले ४७ करोड १८ लाख ९१ हजार १ सय ६४ रुपैंयाँका ठेक्का सम्झौता गरेको हो । गत श्रावण १७ गते भएको सम्मmौता अनुसार आगामी २०८३ साल माघ १६ गते काम सम्पन्न गर्ते मिति ताकिएको गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय पोखराका प्रमुख शोभियत खड्काले जानकारी दिए । उनका अनुसार सडकको चौडाइ ७ मिटर हुनेछ भने १ मिटर भन्दा केही ठूलो नाला सडक छेउमा बन्ने्छ । जमीनको बनोट अनुसार सडकको केही ठाउँमा ढलान गरिने छ ।
आज आयोजित शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रदेश खरेज गर्नुपर्दछ भन्नेहरुलाई यो योजना गतिलो जवाफ भएको बतए । उनले प्रदेश सरकार नभएको भए यो सडक योजना रुपामा नआउने बताए । यो सडक आयोजनाले गाउँबाट भइरहेको बसाईंसराईं रोक्नलाई सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाश केसीले पूर्वाधार निर्माण र जनसेवालाई प्रभावकारी बनाउन हातेमालो गरेर काम गर्न मन्त्रालय तयार रहेको बताए । प्रदेशको मन्त्री भएपनि कास्कीको विकास निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
मन्त्रालयका निमित्त सचिव रामकुमार श्रेष्ठले प्रदेशका गौरवका १४ वटा आयोजना मध्य यो सडक योजना एउटा भएको बताए । कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यो सडक निमार्णपछि रुपा गाउँपालिकाका बासिन्दा मात्र नभई कास्की, तनहुँ र लमजुङकै जनतालाई यात्रा गर्दा सहज हुने बताए । पूर्वाधार निर्माण र उत्पादनलाईसँगै लैजाने नीति गाउँपालिकाले लिएको उनको भनाइ छ ।
सडक अनुगमन कार्यालय पोखरा प्रमुख नरेन्द्र सुवेदीले योजनालाई सम्पन्न गर्न स्थानीयको पनि उत्तिकै भूमिका हुने बताए । उनले योजना कार्यान्वयनमा आइपर्ने समस्या समाधान गर्न सरोकारवाला सबैको महत्वपूर्ण भूमिका हुने बताए । सडक निर्माणको जिम्मा पाएको बिबिआर कस्ट्रक्सन जेभीका भीमकुमार श्रेष्ठले योजनालाई समयमै सम्पन्न गर्न स्थानीयको साथ र सहयोग आवश्यक भएको बताउँदै उनले समयमै योजना सकाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस रुपा गाउँपालिका समिति सभापति विमलबाबु न्यौपाने, नेकपा माओवादी केन्द्र रुपाका अध्यक्ष माधव पौडेल, रुपा वडा नम्बर ७ का अध्यक्ष कृष्ण सुवेदीले आयोजनाको बारेमा चर्चा गर्दै विकास निर्माणलाई समयमै सम्पन्न गर्न दलीय स्वार्थ भन्दा माथि उठेर सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।