गण्डकी

कास्कीका जुत्ता ब्यबसायीले मणिपालमा विशेष छुट पाउने
पोखरा । जुत्ता ब्यबसायी संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेम कृष्ण श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अस्पतालले जुत्ता...
नेल्टा गण्डकीद्वारा अंग्रेजी शिक्षकका लागि  कार्यशाला सञ्चालन 
पोखरा । नेपालका अङ्ग्रेजी भाषा शिक्षकहरुको पेशागत संगठन नेल्टाको गण्डकी प्रदेशल शाखाले पोखराको ताल बाराही माध्यमिक विद्यालयमा यही मंसिर २९ र ३० गते दुई दिने प्राज्ञिक अनुसन्धानमा आधारित आवासिय कार्यशाला सम्पन्न गरेको छ ।  गण्डकी प्रदेश भित्रका प्रत्येक जिल्लाबाट ३ जनाको दरले जम्मा ३० जनाको सहभागीता रहेको उक्त कार्यशालामा शैक्षिक अनुसन्धानमा रुचि राख्ने, अनुसन्धान विधिहरूको...
पोखरा महोत्सवको स्टल बुकिङ खुल्ला
पोखरा । पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो । महोत्सव सम्पन्न गर्न आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारहरुको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाइटेड क्लबले महोत्सवको...
पत्रकार महासंघ गण्डकीमा रमेश पाैडेल विजयी
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल विजयी भएका छन् । उनले ४०१ मत प्राप्त गरी बिजयी बनेका हुन । उनका प्रतिस्पर्धी महासंघ गण्डकीका निवर्तमान महासचिव गोविन्द प्रसाद सुवेदीले १ सय ७८ मत प्राप्त गरे । पौडेल नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन । त्यसै गरी उपाध्यक्ष पदमा ४ सय २ मत प्रकाश...
जिसस कास्कीको स्वमूल्यांकन तथा वित्तीय सुशासनबारे  अनुशिक्षण 
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा  स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LIZA) र बित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) बारे स्थानीयतहरूको  अनुशिक्षण कार्यक्रम सोमबार भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरेका हुन् । पौडेलले  स्वमूल्याकंन र बित्तीय जोखिम मूल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुँदा उत्कृष्ट नतिजाका लागि...
प्रदेशको धेरै बजेट पूर्वाधार क्षेत्रमा : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् । ‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार आयोजना गरेको समीक्षा कार्यक्रममा उनले भने ‘प्रदेशको धेरै बजेट पूर्वाधारको...
गोरखा ५ मा नेकपा माओवादी केन्द्रका रानामगर विजयी   
गोरखा । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी भएका छन्हु । आइतबार सम्पन्न चुनावमा रानामगरले ४ सय ८६ मत प्राप्त गर्दै निर्वाचित  भएका हुन् ।     उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त  गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले ३ सय ४५ मत...
गोरखा नगरपालिका ५ मा मतगणना सुरु
गोरखा । गण्डकी प्रदेशमा गोरखा नगरपालिका वडा नम्बर ५ मा भएको अध्यक्षको निर्वाचनमा मत गणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए । वडा ५ को कार्यालयमा जारी मतगणना स्थललाई तारजालीले बारेर सुरक्षित गरिएको छ भने निगरानीका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ ।...
पोखराको ढुंगेसाँघुमा हुने शुक्लागण्डकी कोटीहोमको तयारी पूरा
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुंगेसाँघु पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम–२०८१ को तयारी पूरा भएको छ । कोटीहोमको सोेमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा मंसिर १७ देखि २७ गतेसम्म कोटीहोम हुन लागेको...
  गण्डकीको गाेरखा ५ सहित  स्थानीय तहमा रिक्त ४१ पदमा आज मतदान
पोखरा ।  स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान सुरु भएको छ । आज बिहान  ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान समय तोकिएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम...