देश-समाज

दशैं लक्षित सार्वजनिक यातायातको अग्रीम टिकट खुला गरिने
काठमाडौं ५ असोज । नेपालीहरुको महान पर्व दशैं सुरु हुन अब १२ दिन मात्रै बाँकी छ । असोज १७ गते विजया दशमी अन्तर्गत घटस्थापना रहेको छ । घटस्थापनाको दिनदेखि दशैं पर्व सुरु हुन्छ । काम विशेषले आफ्नो थातथलो छाडेर सहर छिरेकाहरु दशैं मनाउन आफ्नो घर फर्किने गर्दछन् । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी...
धारिलो हतियार प्रहार गरी ससुराको हत्या, ज्वाईं फरार
मोरङ असोज ५ । मोरङको पथरीमा ज्वाइले ससुराको हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार शनिबार बिहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव उनकै घरमा भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ । घरमा...
संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा शुभकामना दिँदै यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिंग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको उल्लेख गरेका छन् । ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस, दशकौं लामो संघर्ष...
नयाँ संविधान जारी भएको ९ वर्ष पूरा, संविधान दिवस मनाइँदै
पोखरा । आज संविधान दिवस । विविध कार्यक्रम गरी संविधान दिवसा आज मनाइँदैछ । जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित कार्यान्वयनमा आएको नेपालको संविधान २०७२ निर्माण भएको ९ वर्ष पूरा भएको छ । प्रदेश सरकार, स्थानीय तह, देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी...
स्थानीय तहमा भ्रष्टाचार मौलाउँदो
काठमाडौं भदौ ३१ । स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको तथ्यांकले देखाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि भूमिका पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेका मुद्दा संख्याले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको देखाएको हो । अख्तियारले आइतबार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार मुलुकमा भ्रष्टाचारबढ्दो छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र...
रमेश विष्ट, पत्रकार महासंघको कार्यवाहक अध्यक्ष
नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन्। महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज (बुधबार) को बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। उनले आज (बुधबार) देखि नै अध्यक्षको कार्यभार सम्हालेका छन्। ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गंभीर छलफल गरी अघि बढ्ने निर्णय गरेको...
त्रिवि कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक
त्रिविका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउनबाट रोक लगाइएको छ। उनीहरुले अब कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन्। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो। पनिकाले मंगलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा...
दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो। समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ। यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ। समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको...
सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ। ती जिल्लामा ४१ डिग्री...
श्रीइच्छा प्रधान बनिन् २०२३ को नेपाल सुन्दरी
श्रीइच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को ताज पहिरिन सफल भएकी छन्। गोदावरीस्थित सनराइज सम्मेलन हलमा आज (शनिबार) आयोजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। श्रीइच्छाले २४ जना प्रतिस्पर्धीमध्ये बाँकीलाई पछि पारिन्। अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिरिदिइन्। १२ सहविधामा उपाधिहरु बाँडिएको थियो। २३ वर्षीया श्रीइच्छाले ‘फेस अफ द इयर’...