Breaking 2

पाेखरा घुम्नका लागि देशका पूर्वी सहरमा निम्ताे बाँडेर फर्कियाे टाेली
पोखरा । पोखराका पर्यटनकर्मीले पोखरा घुम्नका लागि इटहरि, विराटनगर, जनकपुर र चितवनकाे भरतपुरमा पत्रकार सम्मेलन गरी निम्ता बाँडेका छन् । पोखरा भ्रमण वर्ष २०२५ र अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष हुने पाेखरा सडक महोत्सवको अवसरमा निम्तो गर्न पाेखराका पर्यटनकर्मी र पाेखरा महानगरपालिका ती सहरमा पुगेका हुन् । पाेखरा  महानगरपालिकाले सन २०२५ लाई पाेखरा भ्रमण...
शीष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ गीत सार्वजनिक
पोखरा । गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन्। दुबैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ। गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। प्रेमभावना...
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आठौं वार्षिक साधारण सभा सम्पन्न 
गत आईतवार ३०, नोभेम्बर २०२५ का दिन भर्चुअल जुम मार्फत् कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको ८औ वार्षिक साधारण सभा कार्यक्रम भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ । गण्डकी प्रदेश सभासद माननिय श्री सरस्वती गुरूङ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा डायस्पोराका कस्केली विशिष्ट व्यक्तिहरू समाजका सँस्थापकहरू र संरक्षकहरूको विशेष अतिथिका रूपमा...
प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणका क्रममा व्यापक अनियमितता गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले महानिर्देशक अधिकारीसहितका प्रतिवादीहरूमाथि १३ करोड...
पोखरामा ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुँदै
पोखरा। पोखरास्थित झलकमान गन्धर्व सारङ्गी पाठशाला र रेडियो अन्नपूर्णको संयुक्त आयोजनामा आगामी बिहीबार ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुने भएको छ । पोखरा महानगरपालिका–९ को वडा कार्यालय मुख्य प्रवर्द्धक रहेको उक्त साङ्गीतिक कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीले झलकमान र नारायणगोपालका गीत सुनाउने छन् । रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको रेडियोका...
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भाेलि पोखरामा एकता सन्देश सभा
पोखरा । माओवादी र एकीकृत समाजवादीसहित १५ राजनीतिक दल एकीकृत भएर बनेकाे नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पोखरामा एकता सभा गर्ने भएको छ ।  कार्तिक १९ गते काठमाडौंमा ‘एकता घोषणा सभा’ गरेपछि गण्डकी प्रदेशस्तरमा पनि भाेलि मंसिर १४ गते ‘एकता सन्देश सभा’ गर्ने भएको हो ।  तत्कालीन एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपालीलेका अनुसार गण्डकी...
निर्माणाधीन भीमाद नगर अस्पतालको तेस्रोपटक म्याद थप
दमौली । तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद नगर अस्पताल निर्माणका लागि तेस्रोपटक म्याद थप गरिएको छ । सङ्घ सरकारको प्रत्येक पालिकामा नगरस्तरीय अस्पताल बनाउने उद्देश्यबमोजिम २०७८ साल असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो । निर्धारित मितिमा काम हुन नसकेपछि तेस्रोपटकका लागि २०८३ साल जेठ ३० गतेसम्म म्याद थप गरिएको भिमाद नगरपालिकाका...
एनपिएल
काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो...
एनपीएलमा आज २ खेल हुँदै
काठमाडाैं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । चारै टोली पहिलो पटक एक–आपसमा खेल्न लागेका हुन् । यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो...
कात्तिकमा ३५ हजार बढीले अन्नपूर्ण संरक्षण क्षेत्र घुमे
पोखरा । गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक...