Breaking 2

पानी पार्ने प्रणाली काेशी प्रदेशमा सक्रिय,काठमाडौं उपत्यकामा ठूलो वर्षाको संकट टर्‍यो
काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको मौसमविदले बताएका छन् । यद्यपि काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ ।काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका...
तनहुँ, चितवन र धादिङका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक
काठमाडौं । पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ । धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिन–नारायणगढको...
मुग्लिन–नागढुंगा सडक पहिरोले अवरुद्ध
काठमाण्डौ । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको पहिरोले सडक अबरुद्ध बनेको हो । यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा सडक एकतर्फी मात्रै सञ्चालनमा छ । अहिले गाडी चलिरहे पनि केही ठाउँमा ढुंगाहरु झर्ने क्रम रहेकोले जोखिम रहेको सडक डिभिजन कार्यालय...
ससाना नदीमा उच्च वहाव रहने, विशेष सतर्कता अपनाउन अनुरोध
काठमाडौं । असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागले अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज...
चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । परीक्षण उपग्रहहरू शियान–३० ०१ र ०२ लाई स्थानीय समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो । तिनीहरूको पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ । उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि...
कास्कीमा ‘चाडपर्व विशेष सुरक्षा योजनामा ९२३ प्रहरी परिचालन
पोखरा । चाडपर्वको समयमा शान्ति सुरक्षा मजबुत बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ। यस योजनाअनुसार जिल्लाभर ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ। सुरक्षा योजनामा चोरी, डकैती, लुटपाट तथा उछृङ्खल गतिविधि नियन्त्रण गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाउने, जुवा–तास खेल्ने तथा खेलाउने जस्ता...
यूएईमा दुई महिनामै ५१ नेपालीको मृत्यु
काठमाडौं । खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) रोजगारीको सपनासहित पुगेका नेपाली श्रमिकमध्येको ५१ जनाले पछिल्ला दुई महिनामै ज्यान गुमाएका छन्। आफ्नो घरपरिवारलाई सुख–सुविधा दिलाउने आकांक्षामा परदेशिएका ती नेपालीहरू मृत्युसँग पराजित हुँदै मातृभूमिमा फर्किन नपाई विदेशमै ढलेका हुन्। यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना, अर्थात् साउन र भदौमा, क्रमशः...
बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको निःशुल्क उपहार कार्यक्रम
पोखरा । चाडपर्वलाई लक्षित गरि पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले निःशुल्क उपहार योजना कार्यक्रम ल्याएको छ । एशोसिएसनले उपहार कार्यक्रम भदौ २२ गतेदेखि मंसीर २७ गतेसम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो । एशोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले उपहार कार्यक्रम अन्तरगत मासिक विशेष उपहार सपिङ भौचर ५...
गण्डकी सरकारको निर्णय–गोष्ठी, भ्रमण, तालिम स्थगित
पाैखरा । गण्डकी प्रदेश सरकारकाे बिहीबार बसेको  मन्त्रिपरिषद् बैठकले पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिमलाई स्थगित गर्ने निर्णय भएको छ । यस्तो निर्णयले ठूलो मात्रामा रकम बचत हुने र त्यो रकम पुनर्निर्माण तथा मर्मतमा लगाइने सरकारका आर्थिक मामिला तथा सरकारका प्रवक्ता टकराज...
कास्की कारागार फर्किए ३७० कैदीबन्दी, ४०३ फर्किन बाँकी
पोखरा ।  जेनजी आन्दोलनका क्रममा कारागारमै आक्रमण भएपछि कास्की कारागारबाट निस्किएका कैदीबन्दी फर्किने क्रम जारी छ । गत भदौ २४ गते कारागारबाट निस्किएका ३ सय ७० जना कैदीबन्दी फर्किएको कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारसम्म ती कैदीबन्दी फर्किएका हुन् । कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा ४ सय ३...