नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणमा नेपालले ४ वटै खेल जित्यो
ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणका खेलहरुमा नेपालले ४ वटै खेल जितेर समूह विजेता बन्यो। लगातार समूहको खेल जित्दै आएको नेपालले तेस्रो खेलमा हङकङलाई हराएसँगै नेपाल समूह विजेता बनिसकेको थियो। आज (बुधबार) नेपालले साउदी अरबलाई ६ विकेटले हरायो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। पानी परेपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई...
मिडिया फेस्टिभलमा ‘मिडियाको भविष्य’ बारे बहस
दाङको घोराहीमा ‘मिडियाको सामथ्र्य र भविष्य’सँग जोडिएका विभिन्न सवालमाथि बहस गरिएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाले दुई दिनसम्म आयोजना गरेको मिडिया महोत्सवको क्रममा ‘मिडियाको सामथ्र्य र भविष्य’बारे बहस गरेको हो। यस सत्रमा खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डेले बहस गरे। पछिल्लो समय...
मिडिया फेस्टिभलमा संघीयता कार्यान्वयनबारे बहस
घोराहीमा जारी मिडिया महोत्सवको पहिलो दिन सोमबार संघीयता, विकास र मिडिया विषयक प्यानल बहस गरिएको छ। संघीय सरकार, स्थानीय सरकार र मिडिया बिज्ञको सहभागितामा बहस भएको हो। बहसमा सहभागी हुँदै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीयता कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आवश्यक रहेको कुरामा जोड दिइन्। ‘कानुन बनाउन प्रमुख दलहरु एकै ठाउँमा आउनुपर्छ’,...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित
नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको छ। जितसँगै समूह ‘ए’ मा रहेको नेपाल अन्तिम खेल साउदी अरेयिबासँग खेल्नुअघि नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो। हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर...
पोखरा महानगरले सडक छेउ र खुल्ला ठाउँमा २ लाख भन्दा बढी विरुवा रोप्दै
पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ । पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ। संभावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्न वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा...
‘संचारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ’
सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले संचारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने कुरामा जोड दिएकी छिन्। नेपाल पत्रकार महासंघ दाङले आज (सोमबार)देखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उनले संचारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिइन्। नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने...
‘सरकार, श्रमजीवी पत्रकारको पक्षमा छ’
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको औंल्याएका छन्। ‘श्रमजीवी पत्रकारहरूको हकहितका लागि सरकारले बनाएको कानूनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष एकजुट हुनुपर्छ’ सुवेदीले उल्लेख गरेका छन्। नेपाल पत्रकार महासंघ, रेडियो नेपाल प्रतिष्ठान शाखाको ८ औ अधिवेशनको आज (सोमबार) उद्घाटन गर्दै सचिव सुवेदीले...
गण्डकी प्रदेश अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो
बागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको छ। नौ खेल विधामा प्रतिस्पर्धा भएको खेलमा १२२ स्वर्णसहितको प्रतियोगितामा पदक तालिकामा आयोजक बागमति, सूदूरपश्चिम र कोशीसँग पछि पर्दै गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको हो। गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कास्य गरी ४९ पदक प्राप्त गरेको छ। प्रथम संस्करणको सम्पन्न...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ। आज (शनिबार) नेपालले कतारलाई ३२ रनले हराएको हो। नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो। कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्। नेपालका लागि ललित राजवंशी, गुल्सन झा...
एमाले पर्वतमा गोविन्द पहाडीको प्यानल बिजयी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन्। पहाडीले प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई १ सय २१ मतको अन्तरले पराजित गरेका हुन्। पहाडीको पक्षमा २ सय ४८ मत आउँदा शर्मालाई १ सय २७ मत प्राप्त भएको छ। अध्यक्षसहित ५ सदस्यीय पदाधिकारीमा पहाडी पक्षका उम्मेदवारहरुले जितेका छन्। उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठलाई ६९ मतले...