काठमाडौँ । भारत–चीनबीच हालै सम्पन्न व्यापार समझदारीपछि नेपाल सरकारले पुनः महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अविभाज्य भूभाग भएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल सरकार आफ्नो अडानमा अडिग रहेको प्रस्ट्याएको हो। विज्ञप्तिमा भनिएको छ– “नेपाल सरकारले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमाव्यापार वा...