माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरा एभेन्जर्सको मोटरसाइकल र्‍याली, जोन्टी रोड्स पनि सहभागी
पोखरा । आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौंमा हुँदैछ । एनपिएलमा सहभागी गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने टिम, पोखरा एभेन्जर्सले पोखरामा मोटरसाइकल र्‍याली गरेको छ । पोखरेली तथा गण्डकी प्रदेशबासीको समर्थन जुटाउन एभेन्जर्सले मोटरसाइकल र्‍याली गरेको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्ससहित...
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दै
काठमाण्डौ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज  पूर्वान्ह सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले पर्सि शनिवार यूएईसँग,...
गण्डकीसहित ३ प्रदेशका केही स्थानमा हल्का वर्षााको सम्भावना 
पोखरा ।  देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५...
पोखरामा पनि छठ पर्वको रौनक, ४ ठाउँमा छठ पूजाको तयारी
पोखरा ।  नेपालको तराई तथा मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको रौनक  पोखरामा पनि देखिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा छठ हर्षोल्लासका साथ मनाउन लागिएको हो । रोजगारी तथा व्यापार व्यवसायका लागि स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गर्ने तराई मधेसका नागरिकहरुले छठ पर्वलाई भव्यताका साथ मनाउनका लागि पोखराका विभिन्न चार...
तनहुँको म्याग्दे गाउँपालिकामा पशुपन्छीको उपचार गर्न घुम्ती शिविर
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पशुपन्छिको उपचार गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरमा १ हजार तीन सय पशुको उपचार गरिएको छ । शिविरमा ५३ वटा कुकुरलाई रेबिजविरुद्धको खेप, ७८ वटा पशुको गोबर परीक्षण, एक सय २० वटा बहर र बोकाको बन्ध्याकरण गरिएको म्याग्दे गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक विनय शाहले...
सरकारलाई सघाउन एमाले र कांग्रेसले बनाए समन्वय संयन्त्र
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय  समन्वय संयन्त्र बनाएका छन् । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र...
महिला यू–१९ टी–२० विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुवात
पोखरा । महिला यू–१९ टी–२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । यूएईमा भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा ३५ रनमा अलआउट भयो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट...
बागलुङमा बस दुर्घटनामा हुँदा २१ जना घाइते
बागलुङ । बागलुङको निसीखोलामा आज बस दुर्घटना भएको छ । रुकुमबाट काठमाडौं आउदै गरेको बस निसीखोला–६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनमा ४ जना गम्भीर र १७ जना सामान्य घाइते भएको बागलुङ प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना सवार...
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
न्युयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका...