माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ ।  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु. एक हजार २०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु. पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ६०० निर्धारण भएको छ । त्यति...
मुलुकभर ४२४ चार्जिङ स्टेसन निर्माण गर्ने तयारी
काठमाडौं । विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै गएपछि सरकारले मुलुकभर ४२४ वटा सार्वजनिक चार्जिङ स्टेसन निर्माण गर्ने योजना अघि सारेको छ। जल तथा ऊर्जा आयोग सचिवालयले यसका लागि गुरुयोजना तयार गरिसकेको छ। हाल देशभर करिब १२ हजार विद्युतीय सवारीसाधन सञ्चालनमा छन् भने ७५० चार्जिङ स्टेसन सक्रिय छन्। आयोगको आकलन अनुसार थप चार्जिङ स्टेसन सञ्चालनमा...
लेखनाथ उद्योग वार्णिय संघको १५ औं अधिवेशन
जानुका पराजुली अधिकारी नेतृत्व टिमको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा । पोखरा महानगरपालिका भित्रपर्ने (साविक लेखनाथ नगरपालिका) का उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीलाई चुनाव लागेको हो । संघको अधिवेशन भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुँदैछ । चुवनामा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी...
भारतले  उपहार दिएको ‘रोहित’ नामको मुर्रा राँगा पोखरामा मर्‍याे 
पोखरा । भारतले नेपाललाई उपहार दिएको मुर्रा जातका राँगामध्ये एक मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय छिनेडाँडामा राखिएका ७ मुर्रा राँगा मध्ये रोहित नामक राँगा गत साउन ३० गते मरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी भएको राँगा उपचारका क्रममै मरेको हो । गत साउन १७ गतेदेखि बिरामी परेको...
धादिङको थाक्रेमा पहिरो खस्दा काठमाडौं–मुग्लिङ सडक अवरुद्ध
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ । पछिल्लोपटक आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो । सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन...
पोखराबाट छेन्दुहुँदै अष्ट्रेलिया उडानको तयारी
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान सुरु गर्ने तयारी चीनको सिचुवान एयरलाइन्सले गरेको छ । यसका लागि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अनुमतिका विषयमा अनौपचारिक छलफल भएको छ र प्रक्रिया पूरा भएपछि अनुमति दिने तयारी भइरहेको छ । एयरलाइन्सले सेप्टेम्बरदेखि उडान सुरु...
ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरिँदै
पोखरा । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ । महिलाले बिहानै उठेर नदी, खोला, ताल, पोखरी वा तलैयामा गई दतिवनका ३६५ डाँठले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने परम्परा छ ।  धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार रजस्वला अवधिमा हुने त्रुटि वा दोष निवारणका लागि आजको दिन...
प्रेस चौतारी कास्की अध्यक्ष मोतीलाई मातृशोक
पोखरा । प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीलाई मातृशोक परेको छ । उहाँकी आमा छली अधिकारीको ६९ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । अधिकारीको हृदयघातका कारण निधन भएको हो । सोमबार दिउँसो एक्कासी हृदयघात भएपछि उहाँलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्वर्गीय अधिकारीको आज मंगलबार पोखरा २५ को...
एमालेले टुंग्यायो विधान महाधिवेशनको मुख्य नारा
काठमाडौं । नेकपा एमालेले ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको मुख्य नारा तय गरेको छ । दोस्रो विधान महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो नारा राजनीतिक प्रतिवेदनले टुंगो लगाएको हो । भदौ २०...
हरितालिका तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वः प्रदेश प्रमुख
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज) महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताउनुभएको छ । तीजका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा...