माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला
पोखरा  । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र  वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन...
टाइगर कप भलिबल
आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११...
पोखरामा मनाइयो भारतीय गणतन्त्र दिवस
पोखरा । पोखरामा भारतको ७६ औं गणतन्त्र दिवस मनाइएको छ । पोखरामा रहेको भारतीय पेन्सन वितरण कार्यालयको आयोजनामा दिवस मनाइएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताउनुभएको छ । उहाँले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुुभयो ।...
पाँचौ टाइगर कप भलिबमा एनसेलको सहकार्य
पोखरा । माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र खेलकुदको विकासलाई सहयोग गर्ने उद्देश्यका साथ एनसेल टाइगर कपसंग जोडिएको हो । देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा...
गण्डकीका चार नगरपालिका बने बालमैत्री
पोखरा । सरकारले २०८७ सालमा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएकामा गण्डकी प्रदेशमा चार नगरपालिका बालमैत्री घोषणा भएका छन् । बुधबार बागलुङको बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएसँगै गण्डकीमा बालमैत्री नगरपालिकाको सङ्ख्या चार पुगेको हो । बुधबार बागलुङमा सदरमुकाममा आयोजित समारोहमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिँहले उक्त घोषणा गर्नुभएको...
पोखरामा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव
पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका...
आज पनि देशभरको मौसम सफा रहने पूर्वानुमान
पोखरा । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया...
परिणाममुखी कामका लागि अध्यादेश : उपप्रधानमन्त्री पौडेल
पोखरा ।  नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताउनुभएको छ। नेकपा (एमाले) कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पौडेलले संसद छलेर अध्यादेश ल्याइएको भन्ने आरोपमा सत्यता नभएको उल्लेख गर्नुभयो। “सबैतिर अस्तव्यस्त, अर्थतन्त्र लथालिङ, जनतामा चरम निराशा रहेकाले त्यसलाई चिर्न अध्यादेश...
रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण खुलाउन उच्चको आदेश
पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड् नुका कारण र आधार खुलाउने प्रतिवेदन जिल्ला अदालत कास्कीलाई पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी लामिछानेसहित अन्यलाई धरौटीमा छाड्ने आदेश सम्बन्धी ‘कैफियत प्रतिवेदन’ पेश गर्न न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले मंगलबार आदेश...
पोखराका वरिष्ठ कृषि विकास अधिकृत कडरिया बने इन्टेग्रिटी आइकन
पोखरा । पोखराका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियासहित ५ कर्मचारी इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट मंगलबार सम्मानित भएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छानिएका थिए । यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय...