तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, जामुने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत म्याग्दे गाउँपालिका वडा नं. २, जामुने बजारमा रहेको राधा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर बैंकले शनिबार विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले एक थान कम्प्युटर र...