माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

लेखनाथमा रहेकाे त्रिवेणी इन्टरनेसनल कलेजमा स्पोर्टस् मिट
पोखरा । त्रिवेणी इन्टरनेसनल कलेज पोखरा २७ मा शुक्रबारदेखि स्पोर्टस् मिट २०८१ सुुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् । स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरीले विद्यार्थीको शैक्षिक गुणस्तर सहित अन्य क्षेत्रमा भएको प्रतिभा मापनका लागि खेल आवश्यक रहेको...
लोकतन्त्र विरोधी कानुन संसदले बनाउँदैन : सभामुख घिमिरे
पोखरा । सङ्घीय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताउनुभएको छ।  प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा बोल्दै उहाँले हामी सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको बताउनुभएको हो । “कानुनको अभावमा धेरै बेथिति बढेका छन्,” उहाँले भन्नुभयो, “बेथितिलाई नियन्त्रण गर्नका...
‘महिलाका मुद्दामा पुरुष जानकार हुन जरुरी’
पोखरा । पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने...
पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा अरण्यज्योतिको पहिलो जित
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा अरण्यज्योति क्रिकेट क्लवले पहिलो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा अरण्यज्योतिले गण्डकी स्पोर्टस क्लवलाई ९५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । यसअघि उद्घाटन...
धर्मका नाममा कानुन विपरीतका कार्य नगर्न पोखरा महानगरको चेतावनी
पोखरा । मानव सेवा फाउन्डेसनले अनुमति बिना कोटीहोम गर्न खोज्दा पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा असहज परिस्थिति सिर्जना भएको छ। उच्च अदालत पोखरामा विचाराधीन रहेको कोटीहोमसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आएको अवस्थामा जबरजस्ती भूमिपूजन गर्न खोजिएपछि झडपसमेत भएको छ । महानगरपालिकाका जनप्रतिनिधिहरूले शुक्रबार कार्यक्रम स्थगन गर्न आग्रह गर्दा अटेर गर्दै अघि बढाइएकाले...
नेपाललाई विश्वमाझ चिनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।  ‘वीर...
पोखराको न्युरोड क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुुभारम्भ गरेका हुन । सो अवसरमा वोल्दै  प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी...
बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ
स्याङ्जा । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै...
पोखरामा दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता
पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लव बिजयी भएको छ । लेखनाथले लेकसाईड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा बिजयी शुरुवात गरेको हो । लेकसाईड क्रिकेट क्लवले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लवले निर्धारित २० ओभरमा ८ विकेट...
गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्छः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताउनुभयो । ‘गण्डकी...