उपचुनावमा तनहुँ र बारामा २६ राजनीतिक दल दर्ता

उपचुनावमा तनहुँ र बारामा २६ राजनीतिक दल दर्ता

निर्वाचन आयोग

आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ।

निर्वाचन आयोगले आज (शुक्रवार) उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन्। चितवन क्षेत्र नम्बर २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ।

उपचुनावका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds