एसओएस युवालय गण्डकीको रक्तदानमा ३९ युनिट रगत संकलन

एसओएस युवालय गण्डकीको रक्तदानमा ३९ युनिट रगत संकलन

WhatsApp Image 2026-08-12 at 11.56.41 AM

पोखरा । एसओएस बालग्राम गण्डकी रामबजार परिसरमा भएको रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एसओएस युवालय गण्डकीले रक्तदान कार्यक्रम गरेको हो ।


पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पहिलो रक्तदान एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक रामचन्द्र पोखरेलले जानकारी दिए । कार्यक्रम एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया