सवारी दुर्घटना गराई फरार बोलेरो जिपसहित चालक पक्राउ

सवारी दुर्घटना गराई फरार बोलेरो जिपसहित चालक पक्राउ

Custom Template Design 5

पोखरा ।  पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा सवारी दुर्घटना गराई फरार भएको बोलेरो जिपसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति करिब २२:४८ बजेको समयमा बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो जिपले राष्ट्रबैंक चोकदेखि मुस्ताङचोकतर्फ आउँदै गरेको ग ९ प ६१८५ नम्बरको स्कुटरलाई ठक्कर दिई फरार भएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट प्रहरी टोली खटिएको थियो।

दुर्घटनामा घाइते भएका स्कुटर चालक जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका–३ का २० वर्षीय विवेक रानाभाट र पछाडि सवार जिल्ला गोरखा सिरानचोक गाउँपालिका–१ का स्थायी बासिन्दा भई हाल पोखरा महानगरपालिका–१७ घारीपाटन बस्दै आएका २० वर्षीय प्रविन गुरुङलाई उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो। उपचारका क्रममा मिति २०८२।०९।११ गते बिहान चिकित्सकले स्कुटर चालक विवेक रानाभाटलाई मृत घोषणा गरेका छन् भने पछाडि सवार प्रविन गुरुङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना गराई फरार रहेको सवारी साधन तथा चालकको खोजतलास एवं अनुसन्धानका क्रममा मिति २०८२।०९।११ गते बिहान करिब ०९:०० बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–७ मासबार क्षेत्रबाट ग ३ च १९०३ नम्बरको सिङ्गल क्याब बोलेरो जिपसहित चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने चालक जिल्ला चितवन इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा २० वर्षीय देवबहादुर गुरुङ रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै