यस्ताे छ आजको माैसम

यस्ताे छ आजको माैसम

weather

पोखरा । आज  दिउँसो तथा राति देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ।

देशका पहाड भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया