न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका प्रेम सेन्चुरीले ल्याए “माया सारिदेऊ” (भिडियो सहित)

न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका प्रेम सेन्चुरीले ल्याए “माया सारिदेऊ” (भिडियो सहित)

IMG_8164

न्युयोर्क । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका  गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको गितकाे भिडियो सार्बजनिक भएको छ ।

बिगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्बजनिक गरेका हुन् ।

राजु सिंहको संगित, डिपी खनालको शब्द र बिमल बुढाथोकीको संगित एरेन्जमेन्टमा तयार भएको गितको भिडियो अमेरिकाको न्युयोर्क स्थित रमनिय स्थलमा छायांकन गरिएको हो ।

बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको निर्देशन र कोरियोग्राफिमा बनेको भिडियोलाई निशान घिमिरेले छायांकन र सम्पादन गरेका हुन् । भने बिक्की पुलामी र अस्मिता जुरेलीको अभिनय रहेको छ ।

भिडियोलाई गायक प्रेम सेन्चुरीको अफिसीयल युट्यूब च्यानलबाट प्रसारण गरिएको हो ।

प्रतिक्रिया