गण्डकीसहित ३ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

गण्डकीसहित ३ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

weather 2

पोखरा ।  देशका गण्डकीसहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ भने स्थानीय बायुको पनि आंशिक प्रभाव छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखका अनुसार आज गण्डकी, कोशी प्रदेश, बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कोशी प्रदेश, बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी, कोशी, बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्यांङ सहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

भर्खरै