रमेश विष्ट, पत्रकार महासंघको कार्यवाहक अध्यक्ष

रमेश विष्ट, पत्रकार महासंघको कार्यवाहक अध्यक्ष

FNJ Senior Vice President BISTA

नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन्।

महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आज (बुधबार) को बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।

उनले आज (बुधबार) देखि नै अध्यक्षको कार्यभार सम्हालेका छन्।

‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गंभीर छलफल गरी अघि बढ्ने निर्णय गरेको हो। महासंघ अध्यक्ष पोखेलले अहिलेसम्म महासंघलाई दिएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि, महासंघका अध्यक्ष विपुल पोख्ररेलले गत सोमबार राजीनामा दिएका थिए ।

पोख्रेलले मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

हेरौं, पत्रकार महासंघ बैठकको निर्णय

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds