नेपालले वाफ वुमेन्स च्याम्पियनसीप २०२३ मा इराकलाई ५–० ले पराजित गरेको छ।

सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकसहित ५ गोलको मद्दतले नेपालले इराकमाथि सहज जित निकाल्यो।
प्रतियोगिताको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियाको जेद्दामा भएको खेलमा यो सजिलो जित निकालेको हो।
नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल संख्या कीर्तिमान ५० पुगेको छ।
नेपालका लागि उनको यो कीर्तिमान पाँचौं ह्याट्रिक पनि हो।
सावित्राले नेपालका लागि अहिलेसम्म खेलेका खेलमध्ये २५ खेलमा गोल गरेकी छिन्।
किङ अब्दुल्लाह स्टेडियमको रिजर्भ मैदामा भएको खेलमा सावित्राले १४ औं मिनेटमा पहिलो गोल गरिन्।
रेखा पौडेलको थ्रु बललाई नियन्त्रणमा लिंदै उनले गोल गरिन्।
साबित्राले दोस्रो गोल १६ औं मिनेटमा गरिन्।
साउदी गोलरक्षक र डिफेन्सबीचको तालमेल नमिल्दा सावित्रासामु गोलको अवसर बनेको थियो।
उनले ३७ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् र यसका लागि पूरा रानाको क्रसलाई उनले हेड गरेकी हुन्।
सावित्राको चौथो गोल ४४ औं मिनेटमा संभव भएको थियो।
साबित्राले आफ्नै प्रहारको रिबाउन्डमा गोल गरेकी हुन्।
दोस्रो हाफको ७९ औं मिनेटमा प्रीति राईको पासमा उनले पाँचौं गोल गरिन्।
जितसँगै एक खेल अगावै नेपाल सेमिफाइनल प्रवेशको नजिक छ।
समूह ‘बी’मा रहेको नेपालले २ खेलबाट ६ अंक जोडेको छ।
प्यालेस्टाइनको ३ अंक छ।
सिरिया र इराक अंकविहीन छन्।

This will close in 10 seconds