गण्डकी प्रदेशको टोलीले जित्यो राईनो गोल्डकपको उपाधि

गण्डकी प्रदेशको टोलीले जित्यो राईनो गोल्डकपको उपाधि

Rhino Cup Winner

गण्डकी प्रदेशको टोलीले छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि जितेको छ।

बुधबार नवलपुरमा भएको फाइनल खेलमा २८ विगाहालाई हराउँदै गण्डकी प्रदेशले उपाधि उचालेको हो।

फाइनल खेलमा गण्डकीले २८ विगाहामाथि २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो।

खेलमा अग्रता गण्डकीले ४८ औं मिनेटमा मुकुन्द न्युरेको गोलमार्फत लिएको थियो।

उनले ५६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै गण्डकीको अग्रता दोब्बर बनाएका थिए।

२८ विगाहाका अन्जल महर्जनले ७१ औं मिनेटमा गोल फकाए।

उपाधि सहित गण्डकीले ८ लाख रुपैयाँ पुरस्कार हात पारेको छ।

उपविजेता बनेको २८ विगाहाले ४ लाख रुपैयाँमा चित्त बुझायो।

गण्डकीका मुकुन्द न्युरे खेलको ‘म्यान अफ दी म्याच’ चुनिए।

गण्डकीकै आकाश रानाभाट सर्वाेत्कृष्ट खेलाडी घोषित भए।

२८ विगाहाका समिर तामाङ र गण्डकी प्रदेशका मुकुन्द न्युरेले संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको पुरस्कार जिते।
उनीहरुले प्रतियोगिता अवधिभर समान ३/३ गोल गरे।

प्रतियोगिताको विजेता टिम र खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले पुरस्कार वितरण गरे।

राईनो संरक्षण गर्ने उद्धेश्यका साथ राईनो क्लब मध्यबिन्दु नवलपुरले प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १२ टिम सहभागी थिए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds